Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

राष्ट्रव्यापी कविता महोत्सवमा उदयपुरका जीवन आरोही सर्वोत्कृष्ट

  • उपहार न्यूज
  • शनिबार, असार ९ २०८०
राष्ट्रव्यापी कविता महोत्सवमा उदयपुरका जीवन आरोही सर्वोत्कृष्ट

उदयपुर । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रब्यापी कविता महोत्सव’मा उदयपुरका युवा कवि जीवन आरोही सर्वोत्कृष्ट बनेका छन् । प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवको अवसरमा असार ९ गते आयोजित प्रतियोगितामा आरोहीसहित अन्य १० जना सर्जकहरुको कविता सर्वोत्कृष्ट रुपमा छनोट भएको हो ।

कवि आरोहीद्धारा सिर्जित ‘प्रश्नहरूको बिज्ञप्ती’ शिर्षको कविता निणर्ायक समितिबाट सर्वोत्कृष्ट घोषित भयो । त्यस्तै उमेश पुनको ‘छोरीको सिमाना र देश’, कृपा करुणा पोखरेलको ‘रक्तिम कथा’, खिमानन्द जोशीको ‘मुई गोठ नाइँ झान्या हुँ’, टंकबहादुर झाँक्री मगर (समीप वैरागी)को ‘हुन्के बे बड्डा’, तीर्थराज विश्वकर्माको ‘कविले के सम्झियो ?’, नवीन अभिलाषीको ‘भेरी अभिशप्त बगिरहेछ’, पूणर्ानन्द ओझाको ‘सन्निको मान्स’ र राधिका कल्पितको ‘परिचय-पत्र’ पनि सर्वोत्कृष्ट अन्तर्गत छनोटमा परेका छन् ।

सरकारको आधिकारिक संस्था प्रज्ञा प्रतिष्ठानले बिगतमा प्रथम, द्वितीय र तृतिय छुट्याउने भए पनि यसपल्ट एकमुष्ट सर्वोत्कृष्ट १० छनोट गरी अन्तिम नतिजा सार्वजनिक गरेको हो । देश तथा बिदेशबाट पठाईएका जम्मा ८९२ वटा कवितामध्ये आधाकारिक रूपमा ६४४ वटा कविता दर्ता गरिएको प्रतिष्ठानले जनाएको छ ।

६४४ कविता मध्येबाट उत्कृष्ट २५ कविता वाचनका लागि छानिएको थियो । २५ कविका २५ कविता मध्येबाट वाचित कविता मूल्याङ्कनपछि सर्वोत्कृष्ट १० कवितालाई एकमुष्ट बिजेता घोषणा गरिएको हो । सर्वोत्कृष्ट घोषित भएका कविताका सर्जकहरुलाई एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट पुरस्कार हस्तान्तरण गरिने आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार