Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

शनिवार गाईघाटमा रोजगार मेला हुने

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ १८ २०८०
शनिवार गाईघाटमा रोजगार मेला हुने

उपहार न्यूज
उदयपुर जेठ १८
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा आगामी शनिवार गाईघाटमा रोजगार मेला आयोजना हुने भएको छ ।
रोजगारीको खोजीमा रहेका युवा तथा विद्यार्थीहरुको लागि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना बारे विहिबार त्रियुगा नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । इन्सुयोर परियोजना र हेल्भेटार नेपालको प्राविधिक सहयोगमा एक दिन रोजगार मेला आयोजना हुन लागेको हो ।
नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाल र ५ लाख युवाहरुलाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पु¥याउनको लागि मेलाको आयोजना गर्न लागिएको हो । गाईघाट स्थित त्रियुगा नमुना माविमा आयोजना हुन लागेको मेलामा विशेषगरी वृत्ति मार्गनिर्देशन तथा सम्बन्धी परामर्श सेवा वारे जानकारी, सीपमूलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगार सम्बन्धी सूचना दिईनुका साथै रोजगारदातासंग प्रत्यक्ष सम्पर्क गराईने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमुलक तालिमहरु सम्बन्धी जानकारी, स्थायी उत्पादनहरु प्रदर्शनी तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो ।
मेलामा करिब १० हजारले प्रत्यक्ष अवोकन गर्ने लक्ष्य राखिएको छ । अवलोकनको लागि आएका युवाहरुले आफनो शिप र दक्षताको बिषयमा रोजगार मेलामा जानकारी दिने छन् उनीहरुलाई विभिन्न व्यवसायीक प्रतिष्ठानहरुमा रोजगारीको लागि नगरले सिफारिस गर्ने नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो ।
उदयपुर जिल्लामा रोजगारीको अबस्था र वेरोजगार भएका जनशक्तिहरुको अबस्था बारे जानकारी राख्नको लागि पनि मेला आयोजना गर्न लागिएको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो । मेलाको लागि आवश्यक अन्तिम तयारी भैरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Last updated:2023 Jun 01 Thursday 13:40:20

प्रतिक्रिया
सम्बन्धित समाचार