Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरका युवक लागुऔषधसहित बिराटनगरबाट पक्राउ

  • उपहार न्यूज
  • सोमबार, चैत्र ६ २०७९
उदयपुरका युवक लागुऔषधसहित बिराटनगरबाट पक्राउ

उदयपुर । उदयपुरसहित बिभिन्न ठाउँका तीन जना युवक प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् । सुनसरीको धरान र ईहरीसँगै उदयपुरको चौदण्डीगढी नगरपालिका गरी तीन जना बेग्ला बेग्लै ठाउँमा लागुऔषध प्रयोग तथा ओसारपसारको आरोपमा समातिएका हुन् ।

इलाका प्रहरी कार्यालय धरानको सादा पोसाकमा खटिएका प्रहरीले ब्राउनसुगर र अन्य लागुऔषध सहित धरानका एक जना युवालाई बुधवार पक्राउ गरेको छ । यसैगरी इटहरी र उदयपुरका दुई जना युवा लागुऔषध सहित पक्राउ परेको परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

धरानमा पक्राउ परेका युवा धरान–१५ का २७ वर्षीय जेल्स राई छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । राईको कोठाबाट ३ ग्राम ब्राउन सुगर साथै ट्रामाडोल, स्पास्पेइन ८० ट्याब्लेट बरामद भएको छ ।कोठाबाट नगद ६० हजार ३ सय ५ रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उदयपुर चौदण्डिगढी वडा नम्बर– २ स्थायी घर भएका २९ वर्षीय उमेश खत्री र इटहरी–५ का २८ वर्षीय वसन्त तोलाङ्गीलाई २ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर, नगद १८ हजार रुपैयाँ सहित पक्राउ गरेको छ । उनीहरू विराटनगर–१५ स्थित नेपाल–भारत सिम क्षेत्रमा भारतबाट को ३९ प ८७१५ नम्बरको मोटरसाइकलमा आउँदै थिए । प्रहरी टोलीलाई शङ्का लागि चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार