Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मन्त्री हिमाल कार्कीद्धारा बैधनाथ खोलामा पुल शिलन्यास

  • उपहार न्यूज
  • आइतबार, पुष १० २०७९
मन्त्री हिमाल कार्कीद्धारा बैधनाथ खोलामा पुल शिलन्यास

उपाहार न्यूज
उदयपुर पौष १०
प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ सोमबारे बिहिबारे रिस्कु जोड्ने बैधनाथ खोलामा निर्माण हुन लागेको पुलको शिलन्यास गर्नु भएको छ । आईतबार एक कार्यक्रमका विच मन्त्री कार्कीले पुलको शिलन्यास गर्नु भएको हो । बैधनाथ खोलाम प्रि स्ट्रेस आर.सि.सि पुल निर्माण हुन लागेको हो ।
पूर्वाधार विकास कार्यालय उदयपुरबाट ठेक्का आव्हान भएर निर्माण हुन लागेको पुल निर्माणको जिम्मा के.एम इन्जिनियर्स बिल्डर्स प्रा.लि काठमाण्डौले लिएको छ । ८४.४० मिटर लामो पुलमा स्पान संख्या २ रहेको छ, पुलको चौडाई ८.४० मिटर क्यारिज वे चौडाई ६ मिटर फुट्पाथ चौडाई १.२० मिटर दुवै तर्फ रहेको पूर्वाधार विकास कार्यालय उदयपुरका डिभिजन प्रमुख गंगासागर यादवले जानकारी दिनु भयो ।
२०८१ साल पौष ७ गते सम्म निर्माण गरि सक्ने गरी निर्माणको जिम्मा पाएको केएम इन्जिनियर्स बिल्डर्स प्रा.लिले १४ करोड ९४ लाख ७३ हजार एक सय ९९ पैसामा निर्माणको जिम्मा पाएको हो ।
पुलको शिलन्यास गर्नु हुदै मन्त्री कार्कीले आफुले यस अघि आएर गरेको प्रतिबद्धता अनुसार पुल निर्माणको प्रक्रिया अघि बढाईएको बताउनु भयो । उहाँले जिल्लाका अन्य दुरदराजमा पनि धेरै पूर्वाधारको समस्या रहेकाले आफ्नो कार्यकालमा सक्दो विकासका कार्यलाई अघि बढाउने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य नारायण बहादुर कार्की, प्रदेश सभा सदस्य रामकुमार खत्री, कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठको समेत उपस्तिथी रहेको थियो ।

Last updated:2022 Dec 25 Sunday 12:11:43

प्रतिक्रिया
सम्बन्धित समाचार