उपाहार न्यूज
उदयपुर श्रावण १४
त्रियुगा नदि किनारमा बर्सेनी लगाईदै आएको छठ पुजालाई व्यवस्थित र भव्य तरिकाले संचालन गरिनु पर्ने त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले बताउनु भएको छ । मधेशी समुदायले मात्रै विगतमा मनाउदै आएको यो पर्व पछिल्लो समय सबै समुदायले पर्वको रुपमा मनाउन थालिएको र आपसी भाईचारा समेत स्थापित हुदै गएकाले यो पर्वलाई विशेष रुपमा मनाउनका लागि त्रियुगा नगरपालिकाको सहयोग रहने बताउनु भयो ।
नगर उपप्रमुख राईले छठ पर्व अनेकतामा एकता भर्ने पर्वको रुपमा रहेकाले यसले आन्तरिक पर्यटनलाई समेत टेवा पुग्ने भएकाले नगर सरकारको ध्यान खिचेको बताउनु भएको छ । शनिवार छठ पुजा समिति र दुर्गा मन्दिर व्यवस्थापन समितिले गाईघाटमा आयोजना गरेको साधरण सभा तथा अधिवेशनको उद्घाटन शत्रलाई संबोधन गर्दै उपप्रमुख राईले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले छट पर्व दुर्गा पुजालाई व्यवस्थित बनाउदै अघि बढ्नका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउने बताउनु भयो । आफ्नो वडामा बहुसंख्यक मधेसी समुदायको बसोबास रहेकाले सो समुदायको धर्म प्रतिको आस्था र विश्वासलाई सम्मान व्यक्त गर्दै वडाले सहयोग पु¥याउने बताउनु भयो ।

कार्यक्रममा सामाजिक अभियान्ता सृजना दनुवार, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, सामाजिक अभियान्ता सागर नेपाल, मधेसी समाजका अगुवा ओमप्रकास साह, पिछडा वर्ग महासंघका अध्यक्ष हिरालाल ठाकुर लगायतले छठ पुजा तथा दुर्गा पुजा व्यवस्थापनको बिषयमा आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रमम छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण यादव राहुल र दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुपम अनुराग गुप्ताले विगत देखि हाल सम्म संचालन हुदै आएको कार्यक्रमको बिषयमा जानकारी दिनु भएको थियो । साधरण सभा तथा अधिवेशनमा छठ पुजा तथा दुर्गा पुजा व्यवस्थापन तथा आयोजना सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो, संचालन राजकुमार शर्माले गर्नु भएको थियो । साधरण सभा तथा अधिवेशनको उद्घाटन उपप्रमुख राई र वडा अध्यक्ष कोइरालाले गमलामा पानी हलेर गुर्न भएको थियो ।