Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

वेलकाको बजेटको प्राथमिक्ता कृषि, पर्यटन, खेलकुद

  • उपहार न्यूज
  • सोमबार, असार १३ २०७९
वेलकाको बजेटको प्राथमिक्ता कृषि, पर्यटन, खेलकुद

उपाहार न्यूज ु
उदयपुर असार १३
बेलका नगरपालिका उदयपुरले आगामी आर्थिक बषृ २०७८/०७९ को लागि प्रस्तुत निति तथा कार्यक्रम विशेषगरी कृषि, पर्यटन र खेलकुदलाई प्राथमिक्तामा राख्ने भएको छ । पालिका प्रमुख असोक कार्कीले असार १० गते सार्वजनिक गर्नु भएको निति तथा कार्यक्रमको मुख्य उद्देश्य कृषि तथा पशुपन्छी, पर्यटन, खेलकुदको वकासको माध्यमबाट आगामी पाँच बर्षमा प्रदेश नं. १ को उत्कृष्ट नगरपालिकाको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधरा बेलका नगर विकासको प्रमुख आधार दिर्घकालिन सोच राखेर पालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


वेलका नगरपालिकाले निति तथा कार्यक्रममा विशेषगरी गुणस्तरीय, प्राविधिक, जीवन उपयोगी र व्यवसायीक शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन प्रबद्र्धन र उद्यम विकास, निश्पक्ष न्याय सम्पादन र सुशासन प्रबद्र्धनलाई प्राथमिक्तामा राखिएको छ । वेलकाले नदि नियन्त्रण तथा विपद व्यवस्थापन, भु उपयोगी तथा भूमि व्यवस्थापन, खानेपानी जलस्रोत तथा उर्जा विकास, यायायात लगायत भौतिक पूर्वाधारहरु, आन्तरिक राजश्व बृद्धि, पुजी निर्माण तथा वित्तिय सुशासन, खेलकुद कला साहित्य संस्कृतिको संरक्षण र प्रबद्र्धन तथा खाद्य सुरक्षा र खाद्यमा पहुच मुख्य प्राथमिक्तामा राखिएको छ ।


पालिकाले आगामी आर्थिक बर्षको लागि कुल ७७ करोड ७३ लाख ९४ हजार बजेट प्रस्ताव गरेको छ । नगरपालिका उपप्रमुख जिरा राईले प्रस्तुत गर्नु भएको बजेटमा संघ सरकारको अनुमानित आय ५२ करोड ४७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित आय दुई करोड ४३ लाख ८३ हजार, राजश्व बाडफाडबाट चौध करोड १६ लाख ५३ हजार एक सय ५०, अनुमानित आन्तरिक आय चार करोड, प्रस्तावित घाटा बजेट चार करोड छैसठी लाख ५७ हजार ८ सय पचास गरी कुल बजेट सार्वजनिक गर्नु भएको हो ।
असार १० गते सार्वजनिक निति कार्यक्रम तथा बजेट कार्यक्रममा प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा यातायात मन्त्री हिमाल कार्की, प्रदेश नम्बर १ का सांसद अम्बीका थापा लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2022 Jun 27 Monday 04:11:26

प्रतिक्रिया
सम्बन्धित समाचार