Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

खोटाङ बराहपोखरीको कुल बजेट ३५ करोड ९३ लाख ९ हजार

  • उपहार न्यूज
  • शनिबार, असार ११ २०७९
खोटाङ बराहपोखरीको कुल बजेट ३५ करोड ९३ लाख ९ हजार

उपाहार न्यूज
उदयपुर असार ११
खोटाङको बराहापोखरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि कुल ३५ करोड ९३ लाख ९ हजारको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि विभिन्न स्रोतबाट प्राप्त बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जानकारी दिनु भयो । शुक्रबार गाउँपालिकामा आयोजित ११ औ गाउँ सभाले आगामी आर्थिक बर्षको लागि राजश्व बाडफाँड तर्फ ६ करोड ८६ लाख ६५ हजार तीन सय ९०, संघिय सरकारबाट समानिकरण अनुदान तर्फ ८ करोड ६४ लाख, समपुरक अनुदान तर्फ ८० लाख, संघिय सरकारबाट ससर्त अनदान तर्फ प्राप्त १४ करोड ८० लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान तर्फ ४४ लाख ५७ हजार, प्रदेश सरकार सरकार समपुरक अनुदान १ करोड, प्रदेश सरकार ससर्त अनुदान तर्फ २२ लाख ३६ हजार र आन्तरिक राजश्व वाडफाडबाट २५ लाख र बैक मौजदात २ करोड ८५ लाख ५० हजार ६ सय १० रुपैया गरी आगामी आर्थिक बर्षको लागि गाउँ सभामा बजेट प्रस्तुत भएको हो ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले निति तथा कार्यक्रम तथा गाउँपालिका उपाध्यक्ष भुवलराज राईले बजेट कार्यक्रम प्रस्तुत गर्नु भएको गाउँपालिकाका लेखा अधिकृत छत्र बाणियाले जानकारी दिनु भयो ।

Last updated:2022 Jun 25 Saturday 16:21:05

प्रतिक्रिया
सम्बन्धित समाचार