उपाहार न्यूज
उदयपुर असार ११
आगामी आर्थिक बर्षको लागि उदयपुरगढी गाउँपालिकाले कुल ७५ करोड ५० लाख ११ हजार बजेट प्रस्तुत गरेको छ । पुजीगत तर्फ २६ करोड ३८ लाख ८८ हजार र चालु तर्फ ४८ करोड ७१ लाख २३ हजार प्रस्ताव गरिएको हो । गाउँपालिकाले विनियोजन गरेको यो बजेट पुजीगत तर्फ ३५.१४ प्रतिशत हो भने चालु तर्फ ६४.८६ प्रतिशत हो । गाउँपालिकाका प्रवक्ता सहेकबहादुर विश्वकर्माका अनुसार गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगर र उपाध्यक्ष जीत बहादुर खड्काद्धारा प्रस्तुत निति कार्यक्रम तथा बजेट अनुसार उक्त बजेट आगामी आर्थिक बर्षको लागि प्रस्ताव गरिएको हो ।
गाउँपालिकाले आगमी आर्थिक बर्षको लागि विशेषगरी तपशिलका निति कार्यक्रम र योजनाहरु नयाँ समावेश गरिएको प्रवक्त विश्वकर्माले जानकारी दिनु भयो ।
१) गरिबी न्यूनिकरण गर्न कृषिलाई आधुनिकरण गर्दै गरिब कृषकहरुको जीवनस्तर उकास्ने नयाँ योजना निर्माण गरिएको छ ।
२) सरकारी विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा तर्फ छात्रबृत्तिको व्यवस्था गरिएको छ ।
३) गरिब तथा विपन्न परिवारका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य विमाको सुरुवात गर्न बजेटको व्यवस्था गरिएको छ ।
४) सम्भाव्यताको आधारमा एक वडा एक महिला उद्यमी उत्पादन गर्न बजेटको व्यवस्थापन गरिएको छ । जसमा स्थानीय स्तरमा भएका कच्चा पदार्थहरुको अधिकतम प्रयोग गरी रोजगारी सिर्जना गर्न बजेटको व्यवस्था गरिएको छ ।
५) पालिकाका सम्पूर्ण सरकारी कार्यलयहरुमा विद्युतीय हाजिरीको व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको छ ।
६) अपाङ्ग, अशक्त, जेष्ठ नागरिक, महिला तथा बालबालिकाको लागि गाउँ घरमै स्वास्थ्य सेवा पु¥याउन स्वस्थ्यकर्मी कर्मचारीहरुलाई थप सुविधाको व्यवस्था गरिएको छ ।
७) गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीको लागि सुविधा सम्पन्न प्रतिक्षलय तथा सेवा प्रवाह केन्द्र स्थापनाको लागि बजेट विनियोजन गरिएको छ ।
८) उत्कृष्ट सेवा दिने कर्मचारीहरुलाई कार्य सम्पादनको आधारमा पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ ।
९) स्वास्थ्य सेवामा सेवा दिने र सेवा लिएको औषधी उपचारको विवरण हरेक नागरिकले हेर्न पाउने व्यवस्था मिलाउन डिजिटल प्राणालीको व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको छ ।
१०) पालिका भित्र विद्युतीकरणबाट बञ्चित रहेका जम्मा २७३ घर तथा विद्युती करणको काम जारी रहेका क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९÷०८० मा विद्युत पु¥याउने व्यवस्था मिलाइएको छ ।
११) स्थानीय सडक, भवन, विद्युत, सञ्चार, कृषि, शिक्षा लागयतका पूर्वाधारको दिगो विकास गर्ने बजेट तय गरिएको छ ।
१२) गाउँपालिकाको केन्द्र र वडा कार्यालय जोड्ने सडकहरुको स्तरोन्नती तथा नियमित रेखदेख गरि बाह्रै महिना नै यातायात संचालन गर्ने आयोजनाहरु तय गरिएको छ ।
१३) नेपालटारदेखी द्धारे भन्ज्याँङ्ग जोडने सडक, देउलीकुना देखी रुन्चे भन्ज्याँग जोडने र पर्यटकीय स्थल परेवा झरनालाई पालिका स्तरीय गौरवको आयोजना संचालनका लागि संघिय र प्रादेशिक समपुरक र विशेष अनुदान साझेदारीमा संचालन गर्ने लक्ष्य लिइएको छ ।
१४) पाँच वर्ष भित्र शुद्ध खानेपानी सुविधा प्रदानका लागि एक घर एक धाराको अवधारणा कार्यान्वयन सुरु गर्न बजेट विनियोजन गरिएको छ ।
१५) औधोगिक ग्रामका लागि जग्गा प्राप्ती र विस्तृत अध्ययन गर्ने । गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयहरुको भौतिक संरचना निर्माण तथा व्यवस्थापनलाई क्रमश पुरा गर्दै खेतीयोग्य भुमिको सिँचाईका लागि सम्भावित क्षेत्रहरुको पहीचान गरि आवश्यक पहल गरिने । नेपालटारमा आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट कर्भट हल निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यसैगरी गाउँपालिकाका वडाहरुमा खेलमैदान निर्माण कार्यलाई क्रमागत योजनाको रुपमा संचालन गरिनेछ ।
१६) पाँच बर्ष भित्रमा पालिकाको केन्द्र जोडने गढी नेपालटार सडकलाई कालोपत्रेमा स्तर उन्नती गर्ने ।