उपाहार न्यूज
उदयपुर जेठ १६
कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको प्रदेश नम्बर १ स्तरीय प्रदेश सम्मेलन आगामी जेठ २० र २१ गते विराटनगरमा हुने भएको छ । युनियनको केन्द्रिय महाधिवेशन तथा प्रदेश नम्बर १ को कार्य समिति विस्तार पछिको पहिलोक प्रदेश सम्मेलन आयोजना गर्न लागिएको प्रदेश नम्बर १ का अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो ।
संघिय निजामती सेवा ऐन जारी गरी तत्काल आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउनको लागि दबाद सृजना गरौ भन्ने नारा सहित सम्मेलनको आयोजना गर्न लागिएको अध्यक्ष वनले बताउनु भयो । प्रदेश सम्मेलनको उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापती धनराज गुरुङ विराटनगर आउनु हुने भएको छ । उपसभापती गुरुङले सम्मेलनको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको अध्यक्ष वनले जानकारी दिनु भयो । सम्मेलनमा प्रशिक्षण समेत आयोजना हुने र उक्त प्रशिक्षणमा नेपाली कांग्रेसका सह महामन्त्री बद्रि पाण्डे, नेपाल सरकारका सह सचिव लक्ष्मी प्रसाद पौडेल र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले प्रशिक्षण दिनु हुने कार्यक्रम रहेको जनार्ईको छ । सम्मेलनले विराटनगर घोषणपत्र समेत जारी गर्ने कार्यक्रम रहेको अध्यक्ष वनले जानकारी दिनु भयो ।