उपहार न्यूज
उदयपुर, माघ १६
उदयपुरमा सडक धुलाम्मे भएको भन्दै स्थानीयद्धारा चक्काजाम गरेका छन् । सडक धुलाम्मे हुँदासम्म पनि सरोकारवालाले ध्यान नदिएको भन्दै जिल्लाको पश्चिम कटारी नगरपालिकास्थित शिद्धिचरण राजमार्गअन्तर्गत खोक्साका स्थानीयले बिरो, ध जनाएका हुन् । पटक–पटक स्थानीय सरकारलगायतका सरोकारवालाहरूलाई सडकको धुलोबारे जानकारी गराउँदा समेत न्यूनीकरणको पहल नभएको भन्दै उनीहरुले मंगलबार विहानदेखि सिद्धिचरण राजमार्ग अवरूद्ध गरी आफ्नो माग निकायसम्म पुर्याउन प्रयास गरेका हुन् ।
चुनढुंगा बोक्ने टिफरहरुका कारण सडकको अवस्था भत्कीएको र धुलो धुवा जथाभाबी फैलीएको भन्दै उनीहरु यसअघि नगरपालिका, वडा कार्यालयलगायतको ठाउँमा पुगेका थिए । सम्बन्धित ठाउँहरुमा जाँदा पनि आफूहरुको माग नसुनिएको भन्दै गाउँलेहरुले बलपूर्वक सडकमा ढुंगा, मुढा तेर्साएर चरणबद्ध आ, न्दोलन थालेका हुन् ।
सडक पूणर् रुपमा मर्मत गरी धुलो उड्न नछोडेसम्म आफ्ना मागहरुलाई यसरी नै जारी राख्ने स्थानीय नरबहादुर तामाङले बताए । उहाँका अनुसार तत्कालका लागि ट्यांकरबाट पानी छिटेर धुलो नियन्त्रण गर्दै दीर्घकालिन रुपमा कालोपत्रेको प्रक्रिया तुरुन्त थाल्न पर्ने र सडकमा कालोपत्रे गरी धुलो उड्ने सास्तीबाट आफूहरुले मुक्ति पाउनुपर्ने स्थायिको माग छ । सडक अ, वरूद्ध भएपछी छोटो दूरीका सवारी आवागमन ठ,प्प भएको छ ।