उपाहार न्यूज
उदयपुर कात्तिक १६
प्रदेश नं. १ सरकारको नयाँ मन्त्री मण्डल विस्तार संगै उदयपुरका कांग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् । प्रदेश नं. १ का नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई सहित ६ सदस्यीय मन्त्री मण्डलले सपथग्रहण गरेका हुन् ।
प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले संविधानको घारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राई सहित ६ जनालाई सपथ ग्रहण गराएका थिए । मन्त्री मण्डलमा उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित हिमाल कार्की मन्त्री भएका हुन् । नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती, संसदीय दलको उप नेता समेत रहेका कार्की उदयपुर प्रदेश सभा १ (ख) बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार रामबहादुर थापामगरलाई पराजित गर्दै विजयी भएका थिए ।

प्रदेश १ सरकारमा माओवादीको तर्फबाट इन्द्र बहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । त्यसैगरी जयराम यादव सामाजिक विकास र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकसा राज्य मन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ मा एमालेबाट मुख्य मन्त्री भएका भिम आचार्यले सोमबार राजिनामा दिए पछि गठबन्धन दलबाट राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गरि प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।
भोजपुरबाट प्रदेश सभामा निर्वाचित राई नेकपा एकिकृत समाजवादीका प्रदेश सभाका संसदीय दलका नेता समेत हुन् । प्रदेश नं. १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च र जनता समाजवादी पार्टी विच सत्ता समिकरणको गठबन्धन रहेको छ ।