Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

डा. नारायण खड्काको अथक प्रयास, सगरमाथा विमानस्थल क्याविनेटबाट स्वीकृत

  • उपहार न्यूज
  • आइतबार, भाद्र २७ २०७८
डा. नारायण खड्काको अथक प्रयास, सगरमाथा विमानस्थल क्याविनेटबाट स्वीकृत

विश्वराज तामाङ
उदयपुर भाद्र २७
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ । उदयपुरमा २०२८ साल देखि सुरु भएको विमानस्थल निर्माण गर्ने अधुरो सपना अब भने पुरा हुने भएको हो ।
उदयपुरका प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्काको लामो समय देखिको अथक प्रयासले अब भने सार्थकता पाउने भएको हो । नेपाल सरकारको क्याविनेट बैठकबाट सगरमाथा विमानस्थल निर्माणको लागि स्वीकृति दिए पछि विमानस्थल निर्माण हुने पक्का भएको हो । विमानस्थल निर्माणको लागि लामो समय देखिको प्रयासले पूर्णता पाउने भए पछि उदयपुरका नागरिकहरु पनि खुसी भएको छन् । विमानस्थल निर्माणको लागि त्रियुगा नगरपालिका वडा नं. १ र २ जोगिदहको कंग सामुदायीक वन, मोथिहाई सामुदायीक वन र शिवालय मन्दिर धार्मिक वन क्षेत्रको एक सय ५६.११ हेक्टर जग्गा विमानस्थल निर्माणको लागि यस अघिनै सरोकारवालाहरुले सहमती दिईसकेको सगरमाथा विमानस्थल निर्माण समितिका अध्यक्ष वीरेन्द्र कुमार बस्नेतले जानकारी दिनु भयो ।
स्थानिय स्तरमा वातवरणीय अध्यान तथा प्रारम्भिक वातवरणीइ परिक्षण, सार्वजनिक सुनुवाई लगायतका कामहरु सम्पन्न भैसकेको विमानस्थल निर्माणका लागि डा. नारायण खड्काको सचिवालयमा कार्यरत लिला भट्टराईले जानकारी दिनु भयो ।
विमानस्थल निर्माणका लागि यस अघि डिपिआर समेत तयारी भैसकेको त्यसैको आधारमा १०१.१० हेक्टरमा विमानथलका रनवे निर्माण हुने छ । विमानस्थल निर्माणको लागि सरकारले यस अघि चालु आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरेको थियो पछिल्लो समय देउवा सरकारले ल्याएको प्रतिस्थापन विद्येक मार्फत ५ करोड थप भए पछि विमानस्थल निर्माणको लागि कुल ५ करोड २५ लाख बजेट प्रारम्भिक चरणमा विनियोजन भएको छ । सगरमाथा विमानस्थललाई प्रदेश १ कै वैकल्पीक विमानस्थलको रुपमा समेत विकास गर्ने योजना अनुरुप पर्यटन मन्त्रालयले समेत काम अघि बढाएको छ ।
वन मन्त्रालय अन्तर्गत रहेको सरकारी जग्गामा विमानस्थल निर्माणको लागि पर्यटन मन्त्रालयले उक्त जग्गा भोगाधिकारको लागि प्रक्रिया अघि बढाए पछि वन मन्त्रालयले आवश्यक प्रक्रिया क्याविनेट बैठकमा अघि बढाएको थियो । वन मन्त्रालयले प्रस्तावमा मन्त्री परिषदको बैठकबाट विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । अब वन मन्त्रालय र पर्यटन मन्त्रालय विच विमानस्थल निर्माणको जग्गा भोगाधिकारको लागि सम्झौता हुने र उक्त जग्गा नागरिक उड्यान प्राधिकरणको मातहतमा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्ने छ ।
विमानस्थल निर्माणको प्रक्रिया अघि बढे पछि हाल सम्मको अबस्था सम्म आईपुग्नका लागि सबै भन्दा महत्वपूर्ण भुमिका कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काको ठूलो पहल रहेको निर्माण समितिका अध्यक्ष वीरेन्द्रकुमा बस्नेतले जानकारी दिनु भयो ।
यता कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले आफ्नो फेसवुक स्टाटस मार्फत खुसी व्यक्त गर्दै यस्तो अभिव्यक्ति दिनु भएको छ

“आज उदयपुरको समग्र विकास र उदयपुरवासी आदरणीय दिदी वहीनी तथा दाजु भाईहरूले उदयपुरलाई आधुनिक र समृद्ध वनाउन यस जिल्लामा हवाई यातायातको पूर्वाधारको विकासको अति आवश्यक भएको महशुस गर्दै आउनु भएको थियो । वास्तवमा यो हामी सवैको साझा सपना पनि थियो । आज त्यो सपना पूरा हुने वाटोमा अगाडि वढेको छ । करीव डेढ दसक देखी हाम्रो निरन्तर
प्रयास र संकल्प थियो । हामी सवै पक्षले तत्कालीन जोगीदह र हाल त्रिनपा १ र २ नं वार्डमा एटीआर विमान चल्ने सगरमाथा विमान स्थल निर्माण हुनु पर्छ भन्ने हाम्रो संकल्प अव यथार्थ मा परिणत हुदै छ ।
गत भाद्र २५ गतेको मंन्त्रीपरिषदको वैठकले सगरमाथा विमान स्थल निर्माण गर्ने प्रस्ताव स्विकृत गर्नु को साथै आज यस्को प्रमाणीकरण गरी कार्यन्वयनको लागि संवधीत मंन्त्रालयमा पठाई सकेको छ । उदयपुरको विकासको लागि मंन्त्री परिषदवाट निर्णय गराई दिने सम्माननिय प्रधानमंत्री श्री शेर वाहादुर देउवाज्यु प्रति उदयपुरवासीको तर्फवाट हार्दिक आभार व्यक्त गर्दछु । वर्षौ देखी यो महत्वपूर्ण कार्यको लागि मंन्त्रीजी हरू (केही अपवाद वाहेक) र संवन्धीत राष्ट्र सेवक कर्मचारी हरू ( केही लाई छोडेर) को ठूलो सहयोग छ उहाहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । साथै जिल्ला स्तरीय र स्थानीय तहका विमान स्थल निर्माण उपभोक्ता समितिमा संलग्न सवै राजनीतिक दलहरुका मित्रहरुको पनि ठूलो सहयोग छ । उहाहरुको भूमिकाको लागि पनि विशेष धन्यवाद छ । यहाँ उल्लेख गर्नु पर्ने धेरै मित्रहरू हुनुहुन्छ । यथा समयमा उहाहरु सवैको मूल्यांकन हुने नै छ ।
यो उदयपुरको मात्रै नभएर यस्का छिमेकी जिल्ला र भूभागको विकासको लागि महत्वपूर्ण परियोजना हो । यस्को कार्यान्वयनमा हामी सवैले विना राजनीतिक पूर्वाग्रह सहयोग गर्यौ भने मात्र हाम्रो साझा सपना पुरा हुन्छ । कुनै एक दल या नेतालाई मात्र जस दिन आवाश्यक नहोला । जय नेपाल
धन्यवाद”

 

प्रतिक्रिया
सम्बन्धित समाचार