Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लिम्चुङबुङले ल्यायो ४२ करोड ८० लाख बजेट

  • उपहार न्यूज
  • शुक्रबार, असार ११ २०७८
लिम्चुङबुङले ल्यायो ४२ करोड ८० लाख बजेट

उपाहार न्यूज
उदयपुर असार ११
उदयपुरको लिमचुङबुङ गाउँपालिकाले आर्थिक बर्ष २०७८/०८९ को लागि ४२ करोड ८० लाख २१ हजार रुपैंयाको बजेट ल्याएको छ । ‘समृद्ध लिमचुङबुङको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय सरकारको सशर्त अनुदान १४ करोड ६३ लाख, राजश्व बाँडफाट ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान २ करोड ४९ लाख रहेको छ ।
त्यस्तै सम्पूरक अनुदान १ करोड २५ लाख, वित्तीय समानीकरण ७ करोड ३२ लाख, प्रदेशतर्फ सशर्त अनुदान १९ करोड ७८ लाख, बित्तीय समानीकरण ३९ लाख ७५ हजार, राजश्व बाँडफाट ३५ लाख र सम्पूरक १ करोड अनुमान गरिएको छ । चालु वर्षको खर्च हुन बाँकी अल्या ६ करोड ८० लाख र आन्तरिक आय अनुमान १५ लाख गरेको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताएका छन् ।
व्ययतर्फ लिमचुङबुङले सबभन्दा बढी बजेट पूर्वाधारतर्फ १० करोड १९ लाख बिनियोजन गरेको छ भने सामाजिक विकासतर्फ ३ करोड २२ लाख ९० हजार र आर्थिक विकासतर्फ ९६ लाख ५० हजार छुट्याएको छ । त्यस्तै सुशासन तथा क्षमता विकासका लागि २३ लाख, न्यायिक समितिलाई ७ लाख र हरेक वडागत बजेट चालुवर्ष ५ लाखसहित ३५ लाखका दरले सिलिङ तोकेको छ । लेखा अधिकृत ताराकिरण राईका अनुसार गाउँसभाले बिपत व्यवस्थान कोषलाई ४३ लाख र कोविड कोषलाई २२ लाख गरी कोषतर्फ ६५ लाख रकम बिनियोजन गरेको छ ।

Last updated:2021 Jun 25 Friday 06:36:45

प्रतिक्रिया
सम्बन्धित समाचार