सन्तवीर लामा
धनकुटा जेठ २७
धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले पछिल्लो समयमा नगरवासीमा कोभिड–१९ को संक्रमण दर वढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली सहित घरघरमा गएर स्वास्थ्य परामर्श दिने गरेका छन् ।
नगर प्रमुख तामाङले कोभिड संक्रमणको कारण नगरवासीमा डर, त्रास नफैलियोस भन्नाको खातिर होम आईसोलेसनमा वसेका कोभिड संक्रमितलाई घरघरमा गएर स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य परामर्श दिएको हो । प्रमुख तामाङले लामो समय देखी लकडाउन हुँदा होमआईसोलनमा वसेका विरामी मात्र नभएर अन्य परिवारका सदस्यमा पनि त्रासको वातवरण नवनोस भन्नाको खातिर पनि स्वास्थ्य टोल्सिहित स्वासथ्य परामर्श दिन घर घर जाने योजना वनाएको वताए । संक्रमण नघटुन्जेल स्वास्थ्यकर्मी सहितको टोली लिएर नगरवासीको घरघरमा घरदैलो गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रमुख तामाङले वताएका छन् । सोमवार र मंगलवार धनकुटा नगरपालिकाको वडा नं ७,६,४,३ र १ मा होम आईसोलेसनमा रहेका ५० जना भन्दा बढि कोभिड १९ बाट संक्रमित बिमारीहरूको स्वास्थ अबस्थाका वारेमा टोलीले जानकारी लिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए । उनले टोली घरघर पुगेर स्वास्थ्य अवस्था बुझ्न जादा सबैको स्वास्थ्य अबस्था सामान्य, सुधार उन्मुख रहेको वताए ।
नगर प्रमुख सहितको टोली बिमारीहरूको घरघरमा पुग्दा उनीहरुको अनुहारमा मुस्कान र कोभिड १९ को त्रास हटेको अनुभुती भएको टोलीका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाँईले बताए । जनप्रतिनिधिहरु घरघरमा पुग्दा होम आईसोलेसनमा वसेका विरामीहरुले कोभिड १९ लाई डराएर हैन आत्मबल बढाएर, स्वास्थ्यका मापदण्ड अपनाएर, उपर्यूत खानपान, ब्यायाम र स्वास्थ्य सरसल्लाह ले नै परास्त गर्न सकिने अनुभव सुझाएको गुरागाँईले ब्लाष्टलाई सुनाए । स्वास्थ्यकर्मीहरु सहित जनप्रतिनिधिहरु संक्रमितहरूलाई भेट्न थालेपछि विरामीहरुको मनोवल वढेको पाइएको छ ।
हालसम्म धनकुटा नगर क्षेत्रमा १ सय ५० जना भन्दा वढी कोरोना ेसंक्रमित निको भैसकेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताएका छन् । टोलीमा धनकुटा नगरपालिका मेयर श्री चिन्तन तामाङ, उपमेयर सकुन्तला बस्नेत, सम्बन्धित वडा अध्यक्ष र सदस्य, स्वास्थ्य कार्यालय प्रमुख तुलसी प्रसाद गुरगाँई, स्वास्थ्य शाखा नगरपालिका संयोजक भोजराज भण्डारी र सुरक्षाकर्मीको टोलि सहभागी रहेका थिए ।