Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा गोल्डकपको फाइनलमा जर्जियन क्लब, उपाधिका लागि सातदोबाटोसँग भिड्ने

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक २० २०८३
त्रियुगा गोल्डकपको फाइनलमा जर्जियन क्लब, उपाधिका लागि सातदोबाटोसँग भिड्ने

गाईघाट । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण त्रियुगा गोल्डकप फुटबल प्रतियोगितामा जर्जियन क्लब फाइनलमा प्रवेश गरेको छ। बिहीबार गाईघाटमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा न्य स्टार क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै जर्जियन क्लबले फाइनलमा स्थान सुरक्षित गरेको हो। जर्जियन क्लबका लागि जर्सी नम्बर ७ का श्रीजल राई र जर्सी नम्बर ९ का सञ्जय धिमालले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जर्जियन क्लबका जर्सी नम्बर ७ का श्रीजल राई म्यान अफ द म्याच घोषित भए।

यस जितसँगै फाइनलमा प्रवेश गरेको जर्जियन क्लबले अब उपाधिका लागि सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष रञ्जन कार्कीले जानकारी दिनुभयो।

आयोजकका अनुसार फाइनल खेल शनिबार दिउँसो ठीक २ बजे सुरु हुनेछ। प्रतियोगिताको उपाधि भिडन्तलाई लिएर फुटबलप्रेमी तथा स्थानीय दर्शकहरू उत्साहित बनेका छन्।

Last updated:2026 Nov 05 Thursday 11:44:14

प्रतिक्रिया
सम्बन्धित समाचार