असोज १७
गाईघाट, उदयपुर ।
अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसको अवसर पारेर त्रियुगा नगरपालिका वडा न ३ पुर्व ठाडी स्थित आत्मज्ञान प्रचार संघको गाइघाट केन्द्रमा विशेष शान्ति सन्देश कार्यक्रम सम्पन्न भएको छ। सेप्टेम्बर २१ अर्थात् विश्व शान्ति दिवसको दिनलाई केन्द्रित गर्दै यस वर्ष पनि शान्ति, आत्मज्ञान र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमलाई शान्ति सप्ताहका रूपमा निरन्तरता दिँदै विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, प्रदेश सांसद गीता देवी रेग्मी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति वक्ता प्रेम रावतद्वारा प्रस्तुत शान्ति सन्देशको भिडियोमार्फत सहभागीहरूलाई आफूभित्र रहेको शान्ति, आनन्द र मानव जीवनको वास्तविक मूल्यलाई चिन्न तथा अनुभव गर्न प्रेरित गरिएको थियो।
प्रेम रावतको सन्देशले विश्वमा शान्तिको खोजी गर्नुअघि मानिसले आफ्नै हृदयमा रहेको शान्तिलाई चिन्नुपर्ने विषयमा जोड दिन्छ। आत्मज्ञान प्रचार संघका अनुसार उहाँको सन्देश कुनै धर्म वा सम्प्रदायमा सीमित नभई हरेक व्यक्तिले आफ्नो जीवनमा आन्तरिक शान्तिको अनुभूति गर्न सक्ने विषयमा केन्द्रित छ।
कार्यक्रममा प्रस्तुत सन्देशमा “विश्वमा शान्ति हुनुपर्छ” भन्ने चाहना मात्र पर्याप्त नहुने र शान्तिको सुरुवात प्रत्येक व्यक्तिको आफ्नै हृदयबाट हुनुपर्ने विचार प्रस्तुत गरिएको थियो। मानिसले बाहिरी उपलब्धि र भौतिक सुखसँगै आफूभित्र रहेको शान्ति र आनन्दलाई पनि चिन्नुपर्ने सन्देश सहभागीहरूले सुनेका थिए।
यस अवसरमा प्रेम रावतद्वारा लिखित ‘स्वयंको आवाज ९ज्भबच थ्यगचकभाि०’ पुस्तक पनि उपहारका रूपमा प्रदान गरिएको थियो। पुस्तकमार्फत मानिसलाई आफूलाई बुझ्न, आफ्नै अन्तरमनको आवाज सुन्न तथा जीवनमा शान्ति र आनन्दको खोजी गर्न प्रेरणा मिल्ने आयोजकको भनाइ छ।
कोशी प्रदेशका उपसभामुख ज्युबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रम सुरुवात भएको थियो ।
भोटेकोसीमा बाढिको कारण कयौं मानिस मृत्युु हुनु भएको र अझै पनि कयौं मानिस बेपत्ता भएको र मृत्यु हुनेको आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण पनि गरिएको थियो ।
कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले सदेश बिसयमा आफ्नो बिचार र धारणामा शान्ति बाहिर खोजेर पाइदैन शान्ति आफै भित्र अनुभूति गर्ने बारेमा प्रस्तुति गर्नु भएको थियो ।
र गिता देवि रेग्मी ९सांसद०ले पनि आफ्नो बुझाइ प्रस्तुत गर्नु भएको थियो ।
विश्व शान्ति दिवसलाई एक दिनमा मात्र सीमित नराखी शान्ति सप्ताहका रूपमा मनाउने क्रममा त्रियुगा नगरपालिकाभित्रका कक्षा ११र१२ देखि क्याम्पस तहसम्मका विद्यार्थीहरूलाई समेत शान्ति सन्देशसँग जोड्ने कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइएको छ। विद्यार्थी तथा युवापुस्तामाझ शान्ति, सकारात्मक सोच, आत्मबोध र मानवीय मूल्यको सन्देश पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम गरिएको जनाइएको छ।
आत्मज्ञान प्रचार संघले नेपालमा प्रेम रावतको शान्तिको सन्देश विभिन्न केन्द्र तथा कार्यक्रममार्फत लामो समयदेखि प्रवाह गर्दै आएको जनाएको छ। संघका अनुसार देशभर विभिन्न कार्यक्रम तथा गतिविधिमार्फत मानिसलाई आन्तरिक शान्तिको अनुभूति गर्न प्रेरित गर्ने कार्य हुँदै आएको छ। संघले नेपालभर पाँच सयभन्दा बढी केन्द्रमार्फत विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
शान्तिको सन्देश सबैका लागि खुला
प्रेम रावतको शान्ति सन्देश प्रत्यक्ष कार्यक्रममा मात्र नभई अनलाइन माध्यमबाट पनि सुन्न र हेर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ। शान्ति, आत्मज्ञान र जीवनका सकारात्मक पक्षबारे थप जानकारी लिन इच्छुक व्यक्तिहरूले उहाँका आधिकारिक अनलाइन सामग्रीहरू हेर्न सक्नेछन्। आत्मज्ञान प्रचार संघका अनुसार उहाँको सन्देश आधिकारिक वेबसाइट तथा डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सकिन्छ।