उपहार न्यूज
उदयपुर असोज ८
विराटनगरमा ‘विराटनगर किङ्स’को आयोजनामा सम्पन्न प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ । विराटनगरमा सम्पन्न प्रतियोगीतामा झापा, मोरङ, सुनसरी, इलाम संगको प्रतिस्पर्धामा पाँच वटै समुहलाई पराजित गर्दै उदयपुरले उपाधि जितेको हो । उदयपुरले प्रतियोगिताका चारवटै खेलमा लगातार जित हात पार्न सफल भएको उदयपुर क्रिकेट संघका प्रशिक्षक विपिन भट्टराईले जानकारी दिनु भयो । विजयी भए संगै उदयपुरले विराटनगर किंगसले प्रदान गर्ने ट्रफि प्राप्त गरेको छ ।