Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर सवारी सुर्घटना अपडेट: बेलकामा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

  • उपहार न्यूज
  • सोमबार, भाद्र ८ २०८३
उदयपुर सवारी सुर्घटना अपडेट: बेलकामा अटो र बस ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ९स्४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को।प्र।०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र नाम, उमेर तथा ठेगाना नखुलेकी अर्की एक महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पतालमा बिहान ११स्४५ बजे मृत्यु घोषणा गरिएको थियो।

त्यस्तै, अटो चालक बेलका नगरपालिका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगरको पनि उपचारकै क्रममा दिउँसो १स्३५ बजे मृत्यु भएको छ।

दुर्घटनामा बेलका नगरपालिका–५ मैनीका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै जनाको घोपा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान पठाएको थियो।

अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस तथा चालक बेलका नगरपालिका–५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Last updated:2026 Aug 24 Monday 10:30:24

प्रतिक्रिया
सम्बन्धित समाचार