उपहार न्यूज
गाईघाट पौष २
त्रियुगा मिडिया ग्रुपले विभिन्न क्षेत्रका युवाहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको छ । उदयपुर जेसिज २०२० को लागि निर्वाचित समिति, नेपाल फोटो पत्रकार महासंघ उदयपुरको नव निर्वाचित समितिलाई मिडिया ग्रुपले सम्मान गरेको हो । गाईघाट स्थित होटल टाउन हल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशिल भए संगै अन्तराष्ट्रिय स्तरको डा. अम्बेडकर पुरस्कारबाट पुरस्कृत अधिकारर्मी सुमन परियार र केन्द्रिय युवा संजालका केन्द्रिय सदस्यमा निर्वाचित सुरेस गुप्तालाई सम्मान गरिएको हो ।
होटल टाउन हलको प्याटी प्यालेसमा आयोजित कार्यक्रममा कार्यक्रममा त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ, प्रमुख अतिथि त्रियुगा मिडिया ग्रुपका सल्लाहकार तथा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का, गैसस महासंघ प्रदेश नम्बर १ इन्चार्ज महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले सम्मानितहरुलाई खादा र अबिर लगाएर सम्मान गर्नु भएको थियो ।
जेसिज उदयपुरको हालै सम्पन्न अधिवेशनले ललीत नायकको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ, समितिको
नि. अध्यक्ष सन्तोष गुप्ता, कार्यकारी उपाध्यक्ष तारा बहादुर खड्का, ब्रम्हदेव महतो, महासचिव अनुप ढुंगाना उपाध्यक्षहरु संगीता घिमिरे, नविता कुमारी यादव, ईश्वरमान राई, सौगात केसी, उप महासचिव विष्णु कार्की, सह कोषाध्यक्ष नितान्त थापा, आर्थिक संयोजक मिथुन ठाकुर, तालिम संयोजक मोनालिसा पराजुली, प्रकरण प्रमुख पुरुषोत्तम सापकोटा, युवा संयोजक पवन राउत, महिला संयोजक अनिसा बुढाथोकी व्यवस्थापन प्रमुख शिव कुमार यादव चयन भएका थिए ।
त्यसैगरी मंगलबार सम्पन्न फोटो पत्रकार महासंघ उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष गजेन्द्र राई, उपाध्यक्ष अप्सरा समाल, सचिव देवराज राई, सह सचिव ईश्वर बलम्पाकी मगर, कोषाध्यक्ष गंगा राई सदस्यहरु चित्रकुमार कार्की, राकेश नेपाली, विक्रम राई र रिता राउत निर्वाचित भएका हुन् ।
सम्मानित अधिकारकर्मी सुमन परियार हालै भारतमा आयोजित डा. अम्बेडकर पुरस्कारबाट पुरस्कृत भएका हुन् भने युवा संजालको मंसीर १७ गते बाट केन्द्रिय सदस्यमा उदयपुरबाट सुरेस गुप्ता चयन भएका थिए । त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले मिडिया ग्रुप माजप्रति उत्तरदायी भएर अघि बढेकाले युवाहरुको प्रोत्साहनका लागि कार्यक्रम अयोजना गरिएको बताए ।
सामाजिक क्षेत्रमा युवाहरु अग्रसर भए पनि युवाहरुको योग्दानको उचित कदर नहुने भएकाले युवाहरुलाई प्रोत्साहित गर्न आवश्यक्ता रहेको बताए । अध्यक्ष तामाङले समाज प्रति समर्पित भएर लाग्ने व्यक्तिहरुलाई सम्मान गर्ने संगै समाजमा निति र विधि विधान विपरित भएका कामहरुको निरन्तर खबरदारी गर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि त्रियुगा मिडिया ग्रुपका सल्लाहकार तथा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले मिडिया ग्रुपले थालनी गरेको अभियान सकरात्मक भएको बताउनु भयो । उहाँले समाजमा नकरात्मक टिका टिप्पणी मात्रै बढि हुने तर एक अर्कामा सम्मान गर्ने परिपाटीको विकास कम हुने भएकाले यस किसिमको कार्य आफैमा सकरात्मक भएको बताउनु भयो । कार्यक्रममा गैसस महासंघ प्रदेश नम्बर १ का ईन्चार्ज महेश्वरी राईले समाजप्रति समर्पित भएर लागेका युवाहरुलाई एक ठाउँमा समेटेर सम्मान गर्नु आफैमा सकरात्मक कदम भएको बताउनु भयो । कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, जेसिज उदयपुरका पूर्व महासचिव राजकुमार शर्मा, जेसिज उदयपुरका अध्यक्ष ललित नायक, फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष गजेन्द्र राई, त्रियुगा नगर युवा संजालका अध्यक्ष सुरेश गुप्ताले संबोधन गरेका थिए ।