Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

स्थानीय सरकारको पाँच वर्ष ः विकासको आधार बलियो बनाउदै रौतामाई गाउँपालिका

  • उपहार न्यूज
  • बिहिबार, असार ११ २०८३
स्थानीय सरकारको पाँच वर्ष ः विकासको आधार बलियो बनाउदै रौतामाई गाउँपालिका

उपहार न्यूज
भुटार असार ११
संविधान कार्यान्वयनसँगै स्थानीय सरकारको अभ्यास सुरु भएको करिब आठ वर्ष पूरा हुँदै गर्दा उदयपुरको रौतामाई गाउँपालिकाले पछिल्लो पाँच वर्षमा विभिन्न विकास तथा सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको ‘संक्षिप्त प्रगति विवरण ९२०७८–२०८३०’ अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पशुपालन, पूर्वाधार निर्माण, महिला सशक्तीकरण तथा सुशासनका क्षेत्रमा दर्जनौँ महत्वपूर्ण कार्यक्रम कार्यान्वयन भएको गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आलेमगरले बताउनु भयो । गाउँपालिकाले सीमित स्रोतसाधन, दुर्गम भौगोलिक अवस्था तथा आर्थिक चुनौतीका बाबजुद आधारभूत सेवाको पहुँच विस्तार गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता, विद्यालयमा स्मार्ट बोर्ड, ल्यापटप, प्रिन्टर र प्रोजेक्टरको व्यवस्था, इन्टरनेट सेवा विस्तार तथा विद्यालय भवन निर्माण एवं मर्मतका कार्य सम्पन्न गरेको छ। उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापा बताउनु हुन्छ ।
शिक्षामा गुणस्तर सुधारदेखि प्रविधिमैत्री विद्यालयसम्म
रौतामाई गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बृहत् शैक्षिक सम्मेलन आयोजना गरी ३७ बुँदे घोषणापत्र जारी गरिएको थियो ।
विद्यालयहरूमा स्मार्ट बोर्ड, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर लगायतका सामग्री उपलब्ध गराएर शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाइएको छ। आधारभूत तथा माध्यमिक विद्यालयमा इन्टरनेट सेवा विस्तार, विद्यालय भवन तथा कक्षाकोठा निर्माण, शौचालय र खेलमैदान निर्माण तथा मर्मतका कार्यहरू सम्पन्न भएका छन् ।
गाउँपालिकाले उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई वार्षिक रूपमा सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरेको छ । कक्षा १२ मा विज्ञान तथा गणित विषय अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ भने एसईई तयारी कक्षा तथा अतिरिक्त शैक्षिक गतिविधिहरूलाई पनि प्रोत्साहन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बताउनु भयो ।

पूर्वाधार निर्माणमा तीव्रता
पछिल्लो पाँच वर्षमा गाउँपालिकाले सडक, पुल, भवन तथा खानेपानी संरचनाको निर्माणमा उल्लेखनीय लगानी गरेको छ। प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सुखाबोला र खारिबोला क्षेत्रमा पक्की पुल निर्माण सम्पन्न भएको छ।
गाउँपालिकाभित्र ४.४ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न भइसकेको छ भने थप ४.५ किलोमिटर कालोपत्रे सडक निर्माण प्रक्रियामा रहेको जनाइएको छ । त्यस्तै ३.२ किलोमिटर आरसीसी सडक तथा ७.७ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ ।
विभिन्न वडामा सडक स्तरोन्नति, ट्रयाक खोल्ने कार्य, ग्रामीण सडक विस्तार तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निर्माणसमेत गरिएको छ । खानेपानी, कुलो, सिँचाइ तथा साना पूर्वाधार निर्माणले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको गाउँपालिकाको दाबी छ ।

कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि
कृषिप्रधान क्षेत्रका रूपमा परिचित रौतामाईमा कृषि उत्पादन वृद्धि तथा व्यवसायीकरणलाई विशेष प्राथमिकता दिइएको छ । ‘एक वडा–एक पकेट क्षेत्र’ कार्यक्रममार्फत सुन्तला, बेसार, फलफूल तथा तरकारी उत्पादनलाई प्रवद्र्धन गरिएको छ । किसानलाई कृषि औजार, प्रविधि तथा प्लास्टिक मल्चिङ सामग्री वितरण गरिएको छ भने व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदान र तालिमका कार्यक्रम सञ्चालन गरिएको छ । किसानको शीप विकास तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले नियमित कृषि तालिम सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले प्रसूति सेवा विस्तार तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा ध्यान दिएको छ । वडा नं. १, ३, ६ र ७ मा आरसीसी बर्थिङ सेन्टर निर्माण गरिएको छ । स्वास्थ्य संस्थाहरूमा आवश्यक उपकरण उपलब्ध गराउनुका साथै स्थानीय सरकारको तर्फबाट अतिरिक्त बजेट विनियोजन गरी स्वास्थ्य सेवा सुदृढीकरण गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार स्वास्थ्य पूर्वाधार विस्तार गरिएको गाउँपालिकाले जनाएको छ ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रम
महिला सशक्तीकरणका लागि सिलाइकटाइ, बुनाइ, गुडिया तथा कुशन निर्माण लगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण, सहायक सामग्री उपलब्ध गराउने तथा जीविकोपार्जनमा सहयोग पु¥याउने कार्यक्रम सञ्चालन भएका छन्।
ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा विपन्न समुदायलाई लक्षित गरी सम्मान, सशक्तीकरण र सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको छ। बाल सञ्जाल गठन तथा क्षमता विकास तालिममार्फत बालबालिकाको सहभागिता बढाउने प्रयास गरिएको छ।

पशुपालन क्षेत्रको विकास
गाउँपालिकाले पशुपालनलाई आयआर्जनको महत्वपूर्ण आधारका रूपमा लिँदै पशु स्वास्थ्य तथा उत्पादन वृद्धिका कार्यक्रम सञ्चालन गरेको छ। पशु रोग नियन्त्रण, गोठ सुधार, खोर निर्माण, पशु उपचार तथा खोप कार्यक्रम सञ्चालन गरिएको छ । लम्पी स्किन रोग नियन्त्रण अभियान, एफएमडी खोप कार्यक्रम तथा पशुपालक किसानका लागि तालिम सञ्चालन गरिएका छन्। पशु स्वास्थ्य सेवा विस्तारले किसानलाई राहत पुगेको गाउँपालिकाको भनाइ छ ।

पर्यटन प्रवद्र्धनमा जोड
पालिकाले प्राकृतिक तथा धार्मिक पर्यटनको सम्भावना बोकेको रौतामाई गाउँपालिकाले पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धनमा पनि ध्यान दिएको छ । रौता पोखरी, मुर्कुचुम लगायतका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

Last updated:2026 Jun 25 Thursday 06:59:05

प्रतिक्रिया
सम्बन्धित समाचार