Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

त्रियुगा नगरपालिकाद्वारा १७ औ औँ नगरसभामा १ अर्ब ३८ करोडभन्दा बढीको बजेट सार्वजनिक

  • उपहार न्यूज
  • बिहिबार, असार ११ २०८३
त्रियुगा नगरपालिकाद्वारा १७ औ  औँ नगरसभामा १ अर्ब ३८ करोडभन्दा बढीको बजेट सार्वजनिक

गाईघाट, असार १० – उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरपालिकाको १७ औ औँ नगरसभामा नगर प्रमुख बसन्तकुमार बस्नेतले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानी तथा युवा–रोजगारलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

नगरपालिकाले चालु आर्थिक वर्षको अनुभव, स्थानीय आवश्यकताका साथै नागरिकको अपेक्षालाई मध्यनजर गर्दै आगामी वर्षको बजेट निर्माण गरेको जनाएको छ। बजेटमा संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वलाई आधार बनाइएको छ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५४ करोड ७८ लाख १९ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १९ करोड १९ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै विभिन्न विषयगत तथा विकास कार्यक्रम सञ्चालनका लागि पनि उल्लेख्य रकम छुट्याइएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख बस्नेतले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक तथा अन्य पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै समृद्ध र व्यवस्थित नगर निर्माणमा बजेट केन्द्रित गरिएको बताए। उनले नगरवासीको जीवनस्तर सुधार, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।

नगरसभामा उपप्रमुख महेश्वरी राईले बजेट तथा कार्यक्रमका विभिन्न पक्षबारे जानकारी गराउँदै पारदर्शी, उत्तरदायी र परिणाममुखी विकासलाई केन्द्रमा राखेर योजना तर्जुमा गरिएको बताइन्।

नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार, शैक्षिक गुणस्तर सुधार, सडक पूर्वाधार सुदृढीकरण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको जनाएको छ। नगरसभाबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलपछि बजेट पारित गरिने नगरपालिकाले जनाएको छ।

Last updated:2026 Jun 25 Thursday 06:35:29

प्रतिक्रिया
सम्बन्धित समाचार