उपहार न्यूज
उदयपुर मंसीर २२
त्रियुगा उद्योग वाणिज्य संघको समयावधि सकेर थप गरेको ६ महिनाको म्याद सकिन ६ दिन बाकी रहदाँ त्रियुगा उद्योग वाणिज्य संघको नाममा अधिवेशन स्थगीतको सूचना जारी गरेको छ । उद्योग वाणिज्य संघको नामाबाट स्थानिय एक पत्रिकामा सूचना जारी गर्दै तोकिएको मितिमा उद्योग वाणिज्य संघको अधिवेशन हुन नसक्ने भन्दै दोस्रो मिति तय नभए सम्मको लागि अधिवेशन स्थगीत भएको सूचना जारी भएको हो ।
जारी सूचनामा विविध कारणले गर्दा भनिए पनि ठोस के कारण ले हो त्यो भने खुलाईएको छैन, उद्योग वाणिज्य संघको अधिवेशन स्थगीत भए पछि जानकारी लिनको लागि अध्यक्ष गजेन्द्र कुमार भगतलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
यता अधिवेशन स्थगीतको बिषयमा जानकारी लिदा वाणिज्य संघका द्धितृय उपाध्यक्ष हस्तमाया राई र सचिव दिनेश श्रेष्ठलाई यस बिषयमा कुनै जानकारी नभएको र सहमती समेत नभएको बताए । संस्था भित्र चरम आर्थिक घोटला भएको हुन सक्ने र त्यसलाई ढाकछोप गर्नका लागि तोकिएको मितिमा अधिवेशन गर्नबाट समिति भागेको स्थानिय व्यापारीको आरोप रहेको छ ।

संस्था भित्र पादर्षिताको खडेरी लागेको साधरण सदस्य व्यवसायीहरुको भनाई रहेको छ, यता व्यवसायीहरुले तोकिएको समयमा सिमा भित्र अधिवेशन गर्नका लागि चौतर्फी दबाब दिदै आएको छ । तीन दिन अघि उपहार एफ.एमको समय सन्दर्भ कार्यक्रममा बोल्दै संघका पूर्व प्रथम उपाध्यक्ष भरतसिंह राईले तोकिएको मितिमा अधिवेशन नगरे चुप लागेर नबस्ने अभिव्यक्ति दिएका थिए ।

व्यवसायीहरुले तीन बर्षे कार्यकालको लागि दिएको म्यानडेट पुरा भएको छ, विविध कारणले ६ महिना समितिको निर्णयमा म्याद थपिएछ अब पनि म्याद थपिए त्यसको ठाडो प्रतिकारमा उत्रर्ने व्यवसायी राजकुमार शर्मा बताउछन् । संस्थालाई व्यक्तिको पेवा बनाउन नमिल्ने उनको तर्क छ, आम व्यापारीको साझा संस्थाको रुपमा रहेको उद्योग वाणिज्य संघका सिमित व्यक्तिले निहित स्वार्थका लागि संस्थाको गरिमा माथि प्रश्न उठ्ने गरी गतिविधि गर्छ भने त्यो व्यवसायीको लागि छम्य नहुने व्यवसायीहरुको आक्रोस छ ।
उद्योग वाणिज्य संघको अधिवेशन समयमानै गर्नु पर्ने पक्षमा संस्थाका प्रथम उपाध्यक्ष रमेश रसाईली समेत रहेका छन् । उद्योग वाणिज्य संघले आईतबार अधिवेशन स्थगीतको सूचना जारी गरे पछि व्यवसायी राजकुमार शर्माले आफ्नो फेसबुक पेजमा उद्योग वाणिज्य संघले अधिवेशन नगरेर अनिर्णयको बन्दि बनेको बताएका छन् । फेसबुक पेजमा शर्मा लेख्छन् “यो के पारा हो उधोग बानिज्य सङको बिबिध कारन भनेको के हो ।यो बजारमा हल्ला चले जस्तो गरि अनिर्नयको बन्दी बनाउन खोजेको प्रश्ट हुन्छ । यो कदमको घोर भत्सर्ना गर्दछु । इछा शक्ति हुने हो र इमान्दारिता हुने हो भने अहिले पनि साधारण सभा हुन्छ अब कसैको एकाधिकार र एकलौटी पाराले सङ चलाउन खोजे तेस्को प्रतिकार गर्न आम व्यापारी र यहाका समाज तयार छ । आजै निर्नय सच्याइ बेतिथिको अन्त्य गर्दै सौहार्द पुर्न बाताबरनमा साधारन सभा तथा अधिबेशन तोकियेकै समयमा गर्न अनुरोध गर्दछु” ।
त्यसैगरी त्रियुगा उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष भरत सिंह राईले मंसीर १७ गते आफ्नो फेसबुक पेजमा लेख्छन्
“त्रियुगा उधोग बाणिज्य संघ उदयपुर गाईघाट २०७२ सालमा त्रीयुगा उधोग बाणिज्य संघको पाचौ अधिबेशन बाट निर्बा्चित तीन बर्से कार्यसमितिको म्याद यहि २०७६असार महिनामा सकिएको हो तर हर हिसाब चुस्त दुरुस्त गर्न नसकेमा बिधान अनुसार छ महिना थप गर्न सकिने बिधानमा प्राभधान भएकोले छ महिना थप कार्यसमिति निर्णयले असारदेखी यहि मंसिर २८र२९ थपेको समचार आएकोमा त्यसमा हामी मौन बसेका हौ तर अहिले छ महिना सकिन अब १२ दिनमात्र रहदा कुनै अधिबेशन कुरै छैन अधिबेशनको समय हुदा सुन्न आउदैछ फेरि असार महिनामा सारिदैछ भन्ने हल्ला सुन्दैछौ यो मेरो कान उस्तो होकि अहिलेको कार्यसमिति उस्तो हो म आफै बुझिरहेको छैन तर पनि म्याद सकिन अझ १२ दिन बाकिछ म अझ बैधानिक कुराको आसामा छु अबस्य सिस्टममा लान्छन भन्नेमा हामी आसाकारिछौ यदि यो हल्ला सत्य हुन पुगेमा यो बर्तमान कार्यसमितिहरु संग हाम्रो अधिकार स्पस्टिकरण लिन र यो पदको लोभिहरुलाई बाणिज्य संघ भित्रबाट अबैधानिक घोग्र्ठ्याक लगाई निष्कासन गर्न नपरोस् अलि अलि बचेको ईजत पनि खेर नजावस सम्पुर्ण त्रीयुगा उधोग बाणिज्य संघ कार्यसमि समुहलाई सुझब छ सभ्य बाटोमा हिडन हिडाउन सिख्नुहोस ब्याबसायिको म्यान्डेडलाई लत्याउने कर्म नगर्न समयमै सुढ्रीने सल्लाह सुझाब दिन चाहान्छु होईन भने पदको लोलुप्ताले बैजत नहुन प्रीय सम्पुर्ण त्रेर्युगा उधोग बाणिज्य संघ कार्यसमितिलाई सुझाब छ …?
जै स्वाभिमान उधोग ब्याबसायी नि बर्तमान प्रथम उपाध्यक्ष २०७६ साल मंसिर १७ गत्ते ”