उपहार न्यूज
उदयपुर पौष १४
चौथो शस्करणको त्रियुगा अन्तर माध्यमिक विद्यालय स्तरीय मेयर रनिङ शिल्ड प्रतियोगीताको उपाधि त्रियुगा माध्यमिक विद्यालयले हात पारेको छ । त्रियुगा नगरपालिका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा पौष ११ गते देखि गाईघाट स्थित थरुहट रंगशालामा आयोजित प्रतियोगीतामा सबै भन्दा बढि पदक हासिल गर्दै त्रियुगा माध्यमिक विद्यालयले रनिङ शिल्डको उपाधि हात पारेको हो ।
प्रतियोगीतामा भलिवल, कवड्डी, कराते र एथलेटिक्सका विभिन्न विद्यामा प्रतिस्पर्धा गराईएको थियो । त्रियुगा नगरपालिका क्षेत्रका ४२ भन्दा बढि विद्यालयले सहभागीता जनाएको प्रतियोगीतामा त्रियुगा माध्यमिक विद्यालयले समग्र प्रतियोगीतामा १२ स्वर्ण, ९ कास्य र ५ रजत सहित प्रथम हुन सफल भएको हो । यस संगै त्रियुगा माध्यमिक विद्यालयले तेस्रो पटक मेयर रनिङ शिल्डको उपाधि जितेको हो ।
त्यसैगरी ११ स्वर्ण ४ कास्य र १० रजत सहित प्याराडाईज बोर्डिङ स्कुल गाईघाटले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यता ५ स्वर्ण, ११ कास्य र ३ रजत सहित क्यानभास एकेडेमी तेस्रो र ५ स्वर्ण, ३ रजत र ३ कास्य सहित समता बोर्डिङले चौथो स्थान हासिल गरेको छ ।
प्रतियोगीताका विजयी विद्यालयहरुलाई त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत, त्रिनपा ४ का वडाअध्यक्ष बद्रि बस्नेत, वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डे लगायतले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगीतामा प्रथम हुन सफल त्रियुगा माध्यमिक विद्यालयले नगद १५ हजार सहित रनिङ शिल्ड, दोस्रो हुन सफल प्याराडाईज सेकेण्डरी बोर्डिङले १० हजार, तेस्रो हुन सफल क्यानभास एकेडेमी ७ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्न सफल भएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष किरण कार्कीले जानकारी दिनु भयो । यस किसिमको प्रतियोगीताले किशोर किशोरीहरुमा स्वास्थ्य र खेलकुद प्रतिको आकर्षण थप्नुका साथै अनुशासन समेत कायम गर्न सफल हुने भएकाले प्रतियोगीतालाई नगरपालिकाले प्राथमिक्ताका साथ निरन्तरता दिईएको त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो ।
भएको छ । यता ५ स्वर्ण, ११ कास्य र ३ रजत सहित क्यानभास एकेडेमी तेस्रो र ५ स्वर्ण, ३ रजत र ३ कास्य सहित समता बोर्डिङले चौथो स्थान हासिल गरेको छ ।