Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

तेस्रो वडाअध्यक्ष कपको उपाधि आरआईएफसी काठमाण्डौलाई

  • उपहार न्यूज
  • शनिबार, मंसिर २१ २०८२
तेस्रो वडाअध्यक्ष कपको उपाधि आरआईएफसी काठमाण्डौलाई

उपहार न्यूज
उदयपुर मंसीर २१
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० मा आयोजित तेस्रो वडाअध्यक्ष कफ फुटवल प्रतियोगीताको उपाधि आरआईएफसी काठमाण्डौले उचालेको छ । वडा स्तरीय युवा खेलकुद विकास समितिको आयोजनामा शनिवार सम्पन्न फाईनल खेलमा कोशी प्रदेश प्रहरी विराटनगरलाई ४–३ गोल अन्तरले पराजित गर्दै आरआईएफसीले उपाधि हासिल गर्न सफल भएको हो । प्रतियोगीतामा आरआईएफसीको तर्फबाट जर्सी नम्बर ९ का सुमन तामाङ र जर्सी नम्बर २ का असिम राईले समान २÷२ गोल गर्न सफल भएका थिए ।
यता कोशी प्रदेश प्रहरी विराटनगरको लागि जर्सी नम्बर ११ का रमेश राजबंशीले २ गोल र जर्सी नम्बर ९ का सनम अधिकारीले १ गोल गर्न सफल भएका थिए । प्रतियोगीतामा प्रथम हुन सफल आरआईएफसीले नगद एक लाख १ हजार एक सय ११ रुपैया र दोस्रो हुन सफल कोशी प्रदेश प्रहरी विराटनगरले ५१ हजार एक सय ११ रुपैया पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगीतामा म्यान अफ दिन म्याच आरआईएफसी काठमाण्डौका जर्सि न –२ का खेलाडि असिम राई, उदयमान खेलाडिको उपाधि फ्युजन फुटबल क्लब सन्दिप पोखरेल, उत्कृष्ट गोलरक्षक कोशि प्रहरि बिराटनगर शुरज शाक्य, उत्कृष्ट डिफेन्सको उपाधि आरआईएफसी काठमाडौंका बिकु राई, उत्कृष्ट मिडफिल्ड आरआईएफसी काठमाण्डौका उमेश कार्कि, उत्कृष्ट प्रशिक्षक आरआईएफसी काठमाडौंका जेम्स राई, सर्बाधिक गोलकर्ता फ्युजन फुटबल क्लबका प्रताप राई, सर्बोकृष्ट खेलाडि कोशि प्रदेश प्रहरि बिराटनगर रमेश राजबंसि घोषित संगै पुरस्कृत गरिएको थियो । प्रतियोगीतामा विजयी टोलीलाई त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई वडा अध्यक्ष किरण पाण्डे लगायतले पुरस्कृत गर्नु भएको थियो ।

Last updated:2025 Dec 06 Saturday 16:10:40

प्रतिक्रिया
सम्बन्धित समाचार