Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अस्पतालनै विरामी भए पछि (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर २० २०७६
अस्पतालनै विरामी भए पछि (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर मंसीर २०
अक्सर अस्पतालमा विरामी के गर्न पुग्छन्, स्वभाविक उत्तर आउछ उपचार गर्नका लागि तर अस्पतालनै विरामी प¥यो भने विरामीको उपचार कसरी हुन्छ ? हो यहि गम्भीर प्रश्न यतिवेला उदयपुर जिल्ला अस्पताल माथि उठेको छ । कहिले दक्ष चिकित्सक नहुदाँ सेवाग्राहि त्यसै फर्किनु परेको त कहिले निःशुल्क पाउने औषधि समेत अभाव झेल्दै आएको उदयपुर अस्पताल यतिवेला फेरी चर्चाको बिषयमा बनेको छ ।

तर यो पटक भने जिल्ला अस्पताल उदयपुरको चर्चा अलिक बेग्लै किसिमले हुन थालेको छ, अस्पताल भित्र सरसफाईको दयनिय अबस्थालाई स्थानिय युवाहरुले खबरदारी गरेका छन् ।
५० शैयाको जिल्ला अस्पताल उदयपुर भित्रको शौचालय, शैयाको अबस्था नाजुक देखिए पछि यतिवेला सामाजिक संजालमा अस्पताल व्यवस्थापनको चर्को आलोचना सुरु भएको छ । अस्पताल भित्रको शौचालय सरसफाईको अभावमा दुर्गन्धित, फोहोर देखिएको छ भने बिरामी उपचार गर्ने शैया धुलाम्य देख्न सकिन्छ । अस्पतालबाट निस्केको फोहोरको उचित व्यवस्थापन नहुदाँ अस्पतालको स्वरुपनै कुरुप देखिएको छ ।

बिहिबार जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको भन्दै खेलकुदमा सक्रिय युवाहरूले अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला फुटबल सङ्घको अगुवाइमा अस्पताल निरीक्षण गरिएको हो ।
अस्पताल निरीक्षण पछि युवाहरूले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन् । अस्पतालको समस्या छिट्टै समाधानको लागि अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराइएको छ ।

साथै अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत, अनावश्यक झाडी फडानी गर्नको लागी निर्देशन दिइएको नेकपाका नेता तथा एन्फा प्रवक्ता किरण राईले बताएका छन् । अस्पतालमा सरकारबाट निशुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्ये ३० प्रकारको औषधि मात्र उपलब्ध भएको पनि फेला परेको छ ।
सबै समस्याहरू एक साता भित्र सुधार गर्ने प्रतिबद्धता लिएर आएको र यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले समाजिक अभियान थालिने नेता राईले बताएका छन् ।

Last updated:2019 Dec 06 Friday 09:37:41

प्रतिक्रिया
सम्बन्धित समाचार