उपहार न्यूज
उदयपुर मंसीर १६
त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको कार्य समितिको तीन बर्षे कार्यकाल पुरा भएर अन्तिम समयमा आएर ६ महिनाको लागि थप गरिएको कार्यसमितिको पदावधि सकिन ११ दिन बाकी रहदा पनि अधिवेशन अनिश्चित देखिएको छ । २०७३ असारमा सम्पन्न छैटौ अधिवेशनबाट गजेन्द्रकुमार भगतको नेतृत्वमा चयन भएको समितिको तीन बर्षे कार्यकाल २०७६ असारमा सकिएको छ ।
तीन बर्षे कार्यकाल सकिए संगै अन्तिम समयमा आएर कार्य समितिको निर्णयबाट ६ महिनाको लागि कार्य समितिको म्याद थप गर्ने सहमती भएको थियो । ६ महिना भित्र मंसीर २८ र २९ गते साधरण सभा सहितको अधिवेशन गर्ने समितिले निर्णय गरे पनि थप गरिएको म्याद सकिन ११ दिन बाकी रहदाँ साधरण सभा र अधिवेशन गर्ने समितिले कुनै पनि तयारी गरेको छैन ।
संस्थाको बार्षिक रुपमा बार्षिक साधरण सभा हुनु पर्ने हो तर तीन बर्षे कार्यकाल सकिदा सम्म पनि समितिले कुनै पनि बार्षिक साधरण सभा सम्पन्न नभएको व्यवसायीहरु बताउछन् । तीन बर्षे कार्यकाल सकिएर म्याद थप गरिएको समयमा पनि साधरण सभा नहुनु संस्था भित्र चरम आर्थिक अनियमितताको ढाकछोप गर्न लागिएको आशंका उत्पन्न भएको व्यवसायीहरु बताउछन् ।
साझा संस्थाको रुपमा रहेको उद्योग वाणिज्य संघले समयमा साधरण सभा, अधिवेशन, लेखा परिक्षण प्रतिवेदन नआएर अपादर्षि हुदाँ समेत स्थानिय सरकार र संबन्धि सरोकारवाला पक्ष चुप लागेर बसेको स्थानिय व्यवसायी राजकुमार शर्माले बताए ।
व्यवसायीको साझा संस्थाको समयमा अधिवेशन र साधरण सभा नगरी अनिर्णयको बन्दि नेतृत्व बनेको प्रति व्यवसायी शर्माले कडा आलोचना गरेका छन् । त्रियुगा उद्योग वाणिज्य संघले पछिल्लो तीन आर्थिक बर्षको हाल सम्म लेखा परिक्षण प्रतिवेदन सार्वजनिक समेत गरेको छैन । स्थानिय पत्रकार सुखीलाल चौधरीले संस्थाको लेखा परिक्षण प्रतिवेदन दुई बर्ष अघि माग गरे पनि उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतले गैरजिम्मेबारपूर्ण जवाफ दिएको पत्रकार चौधरीले बताए ।
उसो त जिल्ला प्रशासन कार्यालय उदयपुरमा बार्षिक रुपमा संस्था नविकरण गर्नु पर्ने हो, उद्योग वाणिज्य संघले संस्था समेत नविकरण नभएको संघ भित्रका एक सदस्यले बताए ।
त्रियुगा नगर क्षेत्रका आम व्यवसायीहरुको आशा र भरोसाको केन्द्र विन्दुको रुपमा रहेको छाता संगठन त्रियुगा उद्योग वाणिज्य संघको साधरण सभा र अधिवेशन अनिश्चित हुदाँ व्यवसायीहरु समेत प्रश्न गर्न थालेका छन् । उद्योग वाणिज्य संघ कार्य समिति भित्र अध्यक्ष सहितको एक समुह अझै समितिको समावधि थप गरेर अघि बढ्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
अन्तिम पटक ६ महिनाको लागि थप गरिएको समय सिमा मंसीर २८ र २९ गतेनै साधरण सभा र अधिवेशन गर्नका लागि आफुहरु तयारी रहे पनि अहिले अधिवेशन हुने संभावना नदेखिएको सचिव दिनेश श्रेष्ठले बताए ।
उद्योग वाणिज्य संघको साधरण सभा र अधिवेशन हुने नहुने अध्यक्ष गजेन्द्र कुमार भगतको भरमा रहेको बताए
अध्यक्षले समिति भित्र वहुमत पु¥याएर अधिवेशनको मिति सार्ने तयारी गरेको सचिव श्रेष्ठले खुलसा गरेका छन् ।
यस बिषयमा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले संस्थामा आर्थिक अभावका कारण साधरण सभा समयमानै गर्नका लागि समस्या रहेको बताए । अध्यक्ष भगतले साधरण सभा र अधिवेशन तोकिएको मितिमा गर्ने या सार्ने भन्ने बिषयमा समिति भित्र छलफल गर्न बाकी रहेको बताए । बार्षिक साधरण सभा किन नभएको भन्ने प्रश्नमा अध्यक्ष भगतले व्यवसायीहरु बार्षिक साधरण सभामा बोलाए पनि नआउने तर अधिवेशनमा मात्र आउने भएकाले बार्षिक साधरण सभा हुन नसकेको बताए । उद्योग वाणिज्य संघको समयवधि सार्ने र अधिवेशन तोक्ने अधिकार समिति संग रहेकाले समितिले निर्णय गरेर अघि बढ्ने भगतले बताए, तर अधिवेशन तोकिएको मितिमा हुने या नहुने भन्ने बिषयमा भने उनले स्पष्ट जवाफ दिन चाहेन्न् । त्रियुगा एक्सप्रेस दैनिकबाट