उपहार न्यूज
उदयपुर जेठ ८
पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजनामा गाईघाटमा बुधबारबाट ५ दिने स्थलगत बाख्रा पालन सम्बन्धि ५ दिने तालिम सुरु भएको छ । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको व्यवस्थापनमा सुरु तालिममा त्रियुगा नगरपालिका क्षेत्रका ५० जना स्थानिय कृषकहरुको सहभागीता रहेको छ । डिप्रोक्स लघु वित्त वित्तिय संस्थाको आयोजनामा बुधबारबाट तालिम सुरु भएको थियो । तालिममा त्रियुगाग नगरपालिकाको विभिन्न क्षेत्रका बाख्रा पालन गर्ने किसानहरुको सहभागीता रहेको आयोजक पशु सेवा तालिम केन्द्रका प्रतिनिधि श्याम घिमिरेले बताउनु भयो ।
तालिमको उद्घाटनको क्रममा डिप्रोक्स लघु वित्त वित्तिय संस्थाका प्रदेश अनुगमन अधिकृत सुर्य बहादुर बिष्ट, गाईघाट शाखा प्रमुख जयशंकर यादव लगायतको उपस्तिथी रहेको थियो । तालिम कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रमको आधारमा रहेर तालिम संचालन गरिने आयोजकले जनाएको छ । तालिम शनिवार सम्म संचालन हुने छ ।