उपहार न्यज
उदयपुर बैशाख ६
पदयात्रामा रमाउनेहरुको लागि उदयपुरमा नयाँ पदमार्गको शनिबारबाट उद्घाटन गरिएको छ । पदमार्ग मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ उदयपुरमा बाघखोर–लिम्चुङबुङ–हलेसी पदमार्ग स्थापित गर्नका लागि ढाक्रे ट्रेलको सुरुवात गरिएको छ । उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ को बाघखोर हुदै लिम्चुङबुङ–हलेसी पदमार्ग मार्फत पर्यटन प्रबद्र्धन गर्नका शनिवारबाट सो क्षेत्रमा औपचारिक पदयात्रा थालनी गरिएको हो ।
पदयात्राको एक कार्यक्रमका विच उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले पदयात्रीहरुलाई शुभकामना सहित विदाई गर्नु भएको थियो ।
सो क्रममा पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक हरिहरनाथ योगी, राष्ट्रिय अनुसन्धान प्रमुख कुमार बुढाथोकी लगायतको उपस्तिथी रहेको थियो ।
नेपाली सेनाको पशुपती प्रसाद गणले पदमार्ग संचालनमा ल्याएनको लागि प्राविधिक सहयोग गरेको छ, पदमार्गमा यस अघि उदयपुरका प्रदेश सभा सदस्य नारायण बुर्जामगर, पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई सहितको टोलीले प्रारम्भिक यात्रा सम्पन्न गरेको थियो ।
पदमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ८, ४ र ३ रौतामाई गाउँपालिकाको वडा नम्बर १ लिम्चुङबुङ गाउँपालिकाको ५ वटै वडा र छिमेकी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ५ र ७ लाई छुने छ । उदयपुरगढी गाउँपालिकाको बाघखोर रौतामाई गाउँपालिकाको माझखर्क हुदै लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यु टप, सुनकोसी नदि पार गरे पछि छिमेकी जिल्ला खोटाङको त्रिधार्मिक स्थल हलेसी सम्मको करिब ६० किलोमिटरको पदमार्ग पदयात्रीहरुले यात्रा गर्ने छन् ।
शनिवार सुरु भएको पदयात्रामा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमा राई, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, लिम्चुङबुङ गाउँपालिका सल्लाहकार कृष्ण खत्री लगायतको टोलीले पदयात्रामा सहभागी भएका छन् । पदमार्ग संचालन संगै उदयपुर जिल्लाको ग्रामिण क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको छ । पदमार्गमा यात्रुले समुन्द्रि सतहको २९० मिटरको सुनकोसी देखि २२१० मिटरको लिम्चुङबुङको एभरेष्ट भ्युटप सम्मको भौगोलिक तथा जैविक विविधतामा रम्न पाउने छन् ।
उदयपुरको पर्या पर्यटनको विकास, स्थानिय होम स्टेको प्रबद्र्धन, स्थानिय संस्कृतिको प्रबद्र्धनमा पदमार्गले टेवा पु¥याउने लक्ष्य राखिएको छ । पदमार्ग संचालन गर्नका लागि यस अघि जिल्लाका सरोकारवालाहरु विचमा समन्वयात्मक बैठक समेत संचालन गरिएको थियो । चार दिनमा पुरा हुने पदयात्रा खोटाङको हलेसीमा पुगेर टुंगीने लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो ।