Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रदेश १ मा मिडिया नेपाल गठन अध्यक्षमा बिजय राउत

  • उपहार न्यूज
  • शनिबार, कार्तिक ३० २०७६
प्रदेश १ मा मिडिया नेपाल गठन अध्यक्षमा बिजय राउत

उपहार न्यूज
उदयपुर कात्तिक ३०
राप्रपा निकट पत्रकार संगठन प्रदेश नम्बर १ मिडिया नेपालका नवनिर्वाचित अध्यक्ष बिजय कुमार राउतले आफ्नो कार्यकाल रहेसम्म मिडिया नेपालमा राजनीतिको गन्ध समेत पर्न नदिने बताउनु भएको छ। उहाँका अनुसार पत्रकारीता पेशा नै संबेदनसिल भएको हुदाँ राजनीति घुस्न दिनु हुदैन।
नवनिर्वाचित अध्यक्ष राउत बिल्कुल पत्रकारीता पृष्ठभुमि भएका पत्रकार भएकोले मिडिया नेपालमा शुद्ध पत्रकारीता गरेर जनतालाई सुसूचित गर्ने उहाँ बताउनुहुन्छ। उहाँका अनुसार कुनै पनि राजनीतिक पार्टीमा आस्था राख्ने संस्थामा राजनीति गन्ध आउने गरेको इतिहास छ। उहाँ भन्नुहुन्छ ूहुन त मिडिया नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था भएकोले धेरैले सोच्नु होला राप्रपातिर उन्मुख भएका समाचार आउनेछन तर कदापि त्यस्तो हुदैन।ू पत्रकार सुबिन बिश्वकर्माले ञसबैले गरिरहेको रीत तपाईंले पनि गर्न सक्नु हुन्न भन्ने आधार के छ?झ भन्ने प्रश्नको जवाफ दिदै उहाँले थप्नुभयो ूप्रेस युनियन काँग्रेस मुखी हुन्छ मिडिया फोरम समाजबादी पार्टी मुखी हुन्छ भन्ने भ्रम अब हटाउनु पर्छू। साथै उहाँले सबै पत्रकारहरु पार्टी मुखी नभई जनतामुखी हुनु पर्ने पनि बताउनु भयो।
मंगलबार इटहरीमा भएको १ नम्बर प्रदेश मिडिया नेपाल गठन कार्यक्रम बाट अध्यक्ष बिजय कुमार राउत उपाध्यक्ष मधुसूदन ज्ञावाली सचिब दिपक सुवेदी सहसचिव सोनाम पौडेल र सदस्यहरु तारानाथ पौडेल रमेश थापा जुनिता लामिछाने रमेश पौडेल कबिर लिम्बू सुरेश मिश्र खेमराज सापकोटा शिव बस्नेत सान नेपाल र ज्ञानेन्द्र दाहाल सहित १३ जनाको समिति गठन गरेको हो। गठीत समितिमा १ नम्बर प्रदेशका विभिन्न जिल्ला बाट विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरु रहेका छन। अध्यक्ष बिजय कुमार राउत एकता खबर दैनिक र सदाबहार अनलाइनका सम्पादक हुन।

Last updated:2019 Nov 16 Saturday 05:09:26

प्रतिक्रिया
सम्बन्धित समाचार