उपहार न्यूज
उदयपुर चैत २१
झापा जिल्लाको चारपानेमा केन्द्रिय कार्यालय भै संचालन भैरहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३० औ बर्षमा प्रवेश गरेकोे छ । २०५१ सालमा ३३ जना शेयर सदस्य र ३४ हजार शेयर पुजीबाट सुरु भएको सहारा नेपाल हाल कोशी प्रदेशका ६ जिल्लाका ८० वटा सेवाकेन्द्र मार्फत आफ्नो सेवा दिई रहेको छ । हाल एक लाख ९० हजार शेयर सदस्यलाई प्रत्यक्ष सेवा दिई रहेको सहरा नेपालले उदयपुर स्थित सेवा केन्द गाईघाटमा पनि एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवश मनाएको छ ।
सेवा केन्द्र संचालन सहयोग उपसमिति संयोजक मदनराज कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवाकेन्द्र उपसमिति सदस्य राम प्रसाद चौधरि, अनुगमन अधिकृत मेनुका देबि सिवाकोटी, सेवाकेन्द्र स्थानिय व्यवसायी देबेन्द्र कुमार थापा कर्मचारी र शेयर सदस्य गरि करिब ३५ जनाको उपस्थितिमा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख बिदुर प्रसाद रेग्मीले गर्नुभएको थियो कार्यक्रममा अनुगमन अधिकृत मेनुका देबि शिवाकोटीले स्थापना दिवशको शुभकामना दिदै सहारा नेपाल साकोसलाई अझ उचाईमा पुर्याउन शेयर सदस्यहरुको महत्त्वपूर्ण भुमिका रहने र सदस्य हरुले सहयोग गर्ने बिस्वास सहित मन्तब्य राख्नुभएको थियो । त्यसैगरि सेवाकेन्द्र संचालन सहयोग उप समिति संयोजक मदन राज कटुवालले कार्यक्रममा सहभागी सदस्य हरुलाई शुभकामना दिदै सहारा अझ उचाइमा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।