Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

विश्व योग खेलकुदमा सहभागी हुन मलेसीया जादै उदयपुरकी मिना

  • उपहार न्यूज
  • बुधबार, चैत्र १९ २०८१
विश्व योग खेलकुदमा सहभागी हुन मलेसीया जादै उदयपुरकी मिना

उपहार न्यूज
उदयपुर चैत २०
मलेसीयामा अप्रिलको ५ र ६ तारिखमा हुने १६ औ विश्व योग खेलकुद प्रतियोगीतामा सहभागीता जनाउनको लागि उदयपुरकी मिना राउत त्यस तर्फ प्रस्थान गर्ने भएकी छिन् । विगत ७ बर्ष देखि योग र साधनाको क्षेत्रमा लागेर योगेश्वरी मिना नामले परिचित त्रियुगा नगरपालिका वडा नम्बर ७ निवासी राउत विहिबार त्यस तर्फ जान लागेकी हुन । नेपाल योग खेलकुद संघबाट मिना सहित विभिन्न उमेर समुहका ३१ जना त्यस तर्फ प्रस्थान गर्न लागेकी हुन् । काठमाण्डौमा बसेर योग साधना र योग खेलकुदमा क्रियाशिल मिनाले यस अघि पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय योग खेलकुदको प्रतियोगीताहरुमा सहभागीता जनाएर पदकहरु हासिल गरी सकेकी छिन् । २६ बर्षिया राउत १८ देखि ४९ बर्ष उमेर समुह अन्तर्गत प्रतियोगीतामा प्रतिस्पर्धामा उत्रीदैछिन् । उनले यस अघि २०२३ मा सम्पन्न तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगीतामा स्वर्ण पदक, भारत–नेपाल योगाशन खेलकुद प्रतियोगीता २०२४ मा स्वर्ण पदक र राष्ट्रिय योग खेलकुद प्रतियोगीता २०२५ मा मिस योगीको उपाधि समेत हासिल गरी सकेकी छिन् । प्रतियोगीतामा नेपाल सहित ४० देशका योग खेलकुदका प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

Last updated:2025 Apr 02 Wednesday 13:08:56

प्रतिक्रिया
सम्बन्धित समाचार