उपहार न्यूज
उदयपुर चैत २०
त्रियुगा उद्योग वाणिज्य संघले उदयपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा आईपुग्नु भएको प्रेम प्रसाद लुईटेल सहित विभिन्न चार जनालाई स्वागत गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वाणिज्य संघले साहयक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डे, त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आईपुग्नु भएका कुमार प्रसाद कोइराला र जिल्ला प्रहरी कार्यालय उदयपुरका आईपुग्नु भएका प्रहरी नायव उपरिक्षक केदारमान दोङलाई स्वागत गरिएको हो । त्रियुगा उद्योग वाणिज्य संघको आफ्नै हलमा आयोजित कार्यक्रममा सहभागी अतिथिहरुले सहकार्य र समन्वय गरेर जिल्लामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीको अध्यक्षता प्रथम उपाध्यक्ष नविन बस्नेतले स्वागत मनतव्य तथा महासचिव दिनेशकुमार श्रेष्ठले संचालन गर्नु भएको थियो । सो क्रममा व्यवसायीहरुले स्थानिय स्तरमा भोग्नु परेको विभिन्न समस्याहरुको बिषयमा जानकारी गराएका थिए । पछिल्लो समय बजारमा चोरीका घटनाहरु घट्ने गरेकाले बजारमा सुरक्षा चुनौती थपिएको भन्दै व्यवसायीहरुले आफ्ना समस्या र गुनासोहरु समेत कार्यक्रममा राखेका थिए ।