उदयपुर, चैत १७ । प्रतिबन्धित लागुऔषधसहित उदयपुरमा दुई जना युवक समातिएका छन् । सदरमुकाम गाईघाटस्थित शनिमन्दिर नजिकबाट लागुऔषध ट्याब्लेटसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय रोहित झा र १८ बर्षीय विवेक विश्वकर्मा नियन्त्रणमा परेका हुन् । शनिबार साझँ गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ६० ट्याब्लेट सहित पक्राउ गरेको हो । उनीहरुलाई म्याद थप गरी अनुसन्धान थालिएको छ ।