उदयपुर, चैत १७ । मिस्टर एण्ड मिस एसईईको सुपर मोडलको उपाधि उदयपुरकी सुमा राईले हात पारेकी छन् । हरेक वर्ष हुदै आएको सौन्दर्य तथा बौद्धिक प्रस्फुटन फोटो प्रतियोगिताको चौथो संस्करण सदरमुकाम गाईघाटकी सुमाले जितेकी हुन् ।
एभ्रेष्ट इभेन्टसद्धारा प्रस्तुत प्रतियोगितामा प्रितश्मा तामाङ प्रथम रनरअप भईन् । सलिना तामाङ दोस्रो रनरअपको दाबेदार बनिन् भने एन्जल घलानले तेस्रो स्थान प्राप्त गरेकी छन् । शास्कृती कुइकेल चौथो रनरअप घोािषत भईनर ।
उपाधिकर्तालाई एसईई सुपर मोडल (एसएसएम)मा निशुल्क प्रवेश, नगद पुरस्कार, कलेज र ब्रिज कोर्सका छात्रबृत्ति, भ्रमण प्याकेज, आधारभूत मेकअप कोर्स, गिफ्टह्याम्पर, ट्रफि, प्रमाणपत्र बिभिन्न उत्पादकबाट आकर्षक पुरस्कार र व्यवसायिक फोटोसुट तथा भिडियोग्राफी र मोडलिङको समेत अवसर पाउने बताइएको छ ।