Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कुलमानको पुनर्वहालीकालागि गाईघाटमा वाईसिएल र अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

  • उपहार न्यूज
  • बिहिबार, चैत्र १३ २०८१
कुलमानको पुनर्वहालीकालागि गाईघाटमा वाईसिएल र अखिल क्रान्तिकारीको विरोध प्रदर्शन


उपहार न्यूज, चैत १४
अघिल्लो दिन सरकारबाट अपदस्थ भएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहाली माग गर्दै गाईघाटमा बुधबार युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
कुलमान हटाउने सरकारविरुद्ध नेकपा ९माओबादी केन्द्र निकट युवाहरुको सङ्गठन योङ कम्युनिष्ट लिग ९वाईसिएल० नेपाल र विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तकारी०ले विरोध प्रदर्शन गरेका हुन् ।
त्रियुगा नगरपालिका १२ डिएमगेटस्थित होटल टाउनहलमा भेला भएका युवा विद्यार्थीले हातहातमा राष्ट्रिय झण्डा र माओबादी पार्टीको हसिया हथौडा अङ्कित रक्तरञ्जित झण्डासहित प्लेकार्ड र व्यानर बोकेर बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमापछि लोकतान्त्रिक चोक ९पिपलचोक० पुगेर कोणसभामा बद्लिएको विरोध प्रदर्शनमा माओबादी नेताहरु, विभिन्न जनवर्गीय सङ्गठन तथा मोर्चाका नेताहरुको उपस्थिति थियो । कोणसभामा बोल्दै नेताहरुले कुलमानलाई हटाएर देशलाई पुनः अँध्यारोतर्फ लगेको भन्दै सरकारको आलोचना गरे । यालीको क्रममा उनीहरुले उज्यालोका नायक कुलमानलाई हटाएर सरकारले जग हँसाएको भन्दै तत्काल पुनर्वहाली गर्न माग गरेका थिए ।
उनीहरुले खर्बौँ घाटामा गईसकेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लगेका कुलमानलाई कार्यकाल सकिन ४ महिना मात्र बाँकी रहदा पदमुक्त गर्नुले सरकार विचौलिया र दलालहरुको हातमा रहेको प्रष्ट भएको छ । भ्रष्टाचारी, दलाल, विचौलियाहरुको भरणपोषण गर्नकै लागि सरकारले कुलमानलाई हटाएको भन्दै प्रधानमन्त्री केपी ओली र उर्जामन्त्री दिपक खड्काले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।
युवा विद्यार्थीहरुले अहिले शान्तिपूर्ण आन्दोलनमार्फत कुलमानको पुनर्वहालीको माग गरिरहेको भन्दै तत्काल नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने भन्दै त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको स्वयं ओली सरकार जिम्ेमबार हुनुपर्ने चेतावनी दिएका थिए ।
यसैगरी जिल्लाका कटारी, चौदण्डीगढी र बेलकाका विभिन्न ठाउँमा पनि बुधबार दिउँसोदेखि साँझसम्म वाईसिएल र अखिल क्रान्तिकारीले कुलमानको पक्ष लिदै सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
यसैबीच गाईघाटका स्वतन्त्र नागरिक अगुवाहरुले पनि बुधबार साँझै पिपलचोकमा सामुहिक मैनबत्ती बालेर कुलमान हटाएकोमा विरोध जनाएका छन् । नेपालमा १८ घण्टा लामो लोडसेडिङ हुने अँध्यारो युगको अन्त्य गर्दै सरकारी स्वामित्वको प्राविधकरणलाई खर्बौँ नाफामा लाने कुलमान उज्यालोका नायके भएको भन्दै उनको पदमुक्तिप्रति दुःख मनाउ गर्न मैनबत्ती बालिएको स्वतन्त्र नागरिक समाजले जनाएको छ ।

Last updated:2025 Mar 27 Thursday 23:54:32

प्रतिक्रिया
सम्बन्धित समाचार