उपहार न्यूज
उदयपुर चैत ९
राष्ट्र बैंकले ग्लोबल मनि विक २०२५ मनाउनको लागि गरेको सर्कुलर अनुसार उदयपुरमा पनि बैंक तथा वित्तिय संस्थाहरुले शनिवार गाईघाटमा प्रभात फेरी सहित ग्लोबल मनि विक मनाएका छन् । मार्च १७ देखि २३ सम्म साता व्यापी ग्लोबल मनि विक मनाउनको लागि राष्ट्र बैंकले निर्देशन बमोजिम उदयपुरको गाईघाटमा संचालित क र ख बर्गका वैंकहरुले प्रभातफेरी सहित गाईघाट बजार परिक्रमा गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक गाईघाट शाखा शाखा प्रबन्धक विष्णु कार्कीले जानकारी दिनु भयो ।
ग्लोबल मनि विक आर्थिक साक्षरता प्रवद्र्धन गर्ने वार्षिक अन्तर्राष्ट्रिय अभियान भएकाले प्रत्येक वर्ष मार्च महिनामा आयोजना गरिन्छ । यस कार्यक्रम अन्तर्गत बालबालिका तथा युवा पुस्तालाई वित्तीय सचेतना, बचत गर्ने बानी, जिम्मेवार खर्च, लगानी, र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने उद्देश्य राख्ने शाखा प्रबन्धक कार्कीले बताउनु भयो ।
यस अभियान अन्तर्गत विभिन्न वित्तीय संस्था, विद्यालय, सरकार, तथा गैर–सरकारी संस्थाहरूले आर्थिक शिक्षा सम्बन्धी कार्यक्रम, गोष्ठी, सेमिनार, र कार्यशालाहरू आयोजना गर्ने गरिन्छ । यस वर्ष ग्लोबल मनी वीकको मुख्य विषयवस्तु के हो भनेर बुझ्न, यसको आधिकारिक वेबसाइट वा स्थानीय कार्यक्रमहरूलाई पछ्याउन सकिन्छ।
ग्लोबल मनि विकको अबसरमा गाईघाट बजार परिक्रमा संगै गाईघाट बजार स्थित मुख्य चोकमा आएर कार्यक्रम समापन गरिएको थियो । सो क्रममा गाईघाटमा संचालित लाईफ तथा नन लाईफ इन्सुरेन्स कम्पनीहरुले समेत सहभागीता जनाएका थिए । ग्लोबल मनि विकको अबसरमा शुक्रबार गाईघाटमा लघुवित्त संस्थाहरुले समेत कर्मचारी र आफ्ना सेवाग्राहि सहित बजार परिक्रमा सहित प्रभातफेरी गरेका थिए ।
तस्बीर सौजन्य ः विष्णु कार्की शाखा प्रबन्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक गाईघाट शाखा
















