Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मृतक परिवारलाई रिलायबल लाईफ गाईघाट शाखाद्धारा ५ लाख बढी दाबी भुक्तानी

  • उपहार न्यूज
  • मंगलबार, चैत्र ४ २०८१
मृतक परिवारलाई रिलायबल लाईफ गाईघाट शाखाद्धारा ५ लाख बढी दाबी भुक्तानी

उदयपुर, चैत ५ ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड शाखा गाईघाटद्धारा पाँच लाख बढी दावी भुक्तानी गरेको छ । तीन वर्षअघि बीमा गरेका सन्तोषकुमार महतो ‘सुडी’को सुतिरहेकै अवस्थामा मृत्यु भएपछि परिवारलाई रकम उपलब्ध गराइएको हो ।
शाखा मार्केटिङ तथा अन्डरराईटिङ कर्मचारी उमा कटुवालका अनुसार बीमित सन्तोषले २०७९ साल जेठ ३ गते वीमा गरेका थिए । कम्पनीको सुलभ जीवन बीमा अन्तर्गत ५ लाख बीमाङ्क रहने गरी वीमा गरेका सन्तोषले तीन वर्षमा ९० हजार मात्र जम्मा गरेका थिए । २०८१ साल माघ ७ गते मृत्यु भएका सन्तोषको दावी बापत प्राप्त हुने ५ लाख ४२ हजार ६ सय ६७ रुपैयाँ नगद त्रियुगा नगरपालिका ११ गाईघाटस्थित आफ्नै घरमा पुगेर श्रीमति गायत्रीदेवी महतोलाई हस्तान्तरण गरिएको हो ।

रिलायबलबाट प्राप्त दाबी बापतको रकमले सन्तानको शिक्षा र घरपरिवारको व्यवहारिक समस्या टार्न सहज भएको तरकारी व्यपार गरेर पारिवारिक दैनिकी टार्दै आएकी मृतकका श्रीमति गायत्रीदेवीको भनाई छ । रिलायबल गाईघाट शाखाले यस आर्थिक वर्षभित्र ११ लाख ५० हजार दावी भुक्तानी गरिसकेको शाखाले जनाएको छ ।

Last updated:2025 Mar 19 Wednesday 09:37:05

प्रतिक्रिया
सम्बन्धित समाचार