ठाविन्द्र मगर-
ताप्ली, चैत ४ ।
उदयपुरको ताप्लीमा बित्तीय साक्षरतासम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जीवन विकास लघिबित्त बित्तीय संस्था लिमिटेड ताप्ली शाखाद्वारा ताप्ली, लिम्चुङबुङ, कटारीअन्तर्गत रहेका बिभिन्न ९२ वटा केन्द्रका केन्द्र प्रमुख र उप–प्रमुख सदस्य र राजनितिक दल, र सर्वसाधरणको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
जीवन विकासको विकासक्रम, लक्ष्य, उद्धेश्य र कृयाकलापहरुका बारेमा जानकारी गराईएको थियो । जीवन विकासमा आवद्ध भएका शाखा प्रमुखहरुको भोगाई र अनुभव, बित्तिय व्यवस्था सम्बन्धी संस्थाका सूचना प्रविधी अधिकृत रमेश रायले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमा गरिबी र बिपन्नतालाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नेपालमा सर्वप्रथम २०५४ सालदेखि हाल १ सय ६० वटा शाखा, करिब १६ हजार संख्या केन्द्र स्थापना भइ ३ लाख ५० हजार ६३ जना महिलाहरु सदस्य रहेका छन् । जसमध्ये २ लाख ४ जना सदस्यहरुमा संस्थाले ऋण लगानी भएको र ताप्ली शाखा अन्तर्गत ९२ वटा केन्द्र, १ हजार ७ सय ८१ जना सदस्यको कुल बचत ४ करोड २६ लाख २४ हजार ४ सय १३ र १ हजार १० जना ऋणिलाई १२ करोड ४१ लाख ८ सय ५२ रुपैयाँ संस्थाले लगानी गरी सामाजिक, आर्थिक, शैक्षिक र बित्तीय व्यवस्थाको कार्यक्रम सन्चालन भइरहेको शाखा कार्यालय ताप्लीका प्रमुख अन्तोषकुमार साहले जानकारी दिए ।

संस्थाको केन्द्रमा सदस्य भई १० हजार ऋण लिएर हालसम्म आएर १७ लाख रुपैयाँको कारोवार गर्न सक्ने क्षमाताको भएको पनि पाईएको थियो । कार्यक्रमको अवसरमा विद्यालयका ५ जना अपाङ्गता भएका अति बिपन्न परिवारका बालबालिकालाई अभिभावकसहित स्कुल ब्याग, स्टेशनरी, टिफिन क्यारी र पानीको बोतल सहयोग गरिएको थियो । तत्काल नै उनिहरुलाई पोशाक सहयोग गरी एक वर्षसम्म नियमित रुपमा शिक्षामा सुधार गर्न सहयो गरिरहने संस्थाले जनाएको छ ।
कार्यक्रमका अध्यक्ष तथा जीवन विकास लघुबित्त बित्तीय संस्था प्रधान कार्यालय बिराटनगरका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मिबाट केन्द्रका उत्कृष्ट बचतकर्ता, ऋणि, उद्धमीलाई र त्यसै गरी ९२ वटा केन्द्रमध्ये ५ वटा उत्कृष्ट केन्द्रहरुलाई प्रथम,द्वितीय र तृतिय पुरस्कार समेत प्रदान गरिएको थियो । आज सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा,विशिष्ट अतिथी उपाध्यक्ष धनामाया मगर, विशिष्ट अतिथी उदयपुर जिल्ला समन्वय समिती उपाध्यक्ष तेज प्रसाद गिरि, वडाध्यक्ष्हरु रङ्गमान तामाङ,बिष्णु कुमार श्रेष्ठ स्थानिय समाजसेवी जन्मजय राई लगाएतको विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थित केन्द्रका प्रमुख उपप्रमुख र अन्य सदस्यहरुले जीवन बिकास संस्थाबाट प्रवाह हुने ऋणको व्याजदरमा सहुलियतता, महिलाहरुलाई स्थिर उद्धमी बनाउनेतर्फको कार्यक्रम, मदिरा जन्री पदार्थको प्रयोग कम गर्ने कार्यक्रम र सिपमुलक तालिम जस्ता कार्यक्रम सन्चालन गर्न माग गरेका छन । उहाहरुको मागहरुलाई सम्बोधन गर्नुहुदै दामोदर रेग्मिले सस्थाबाट समाधान गर्न सक्ने मागहरु नीति नियम अवलम्बन गरि सम्बोधन गर्दै लैजाने र सथानी तह,नेपाल सरकारको समन्वयमा सन्चालन गर्नुपर्ने खालका कार्यक्रमलाई छलफल गरि अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेड प्रधान कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मिको अध्यक्षतामा ताप्ली ५, कुमालटारमा सम्पन्न भएको हो । साथै केन्द्रीय नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले ताप्ली शाखाका कर्मचारीहरुलाई सम्मन समेत गरिएको थियो ।