Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

खोटाङमा हेमन्त बने ‘पुलिस अफ द मन्थ’

  • उपहार न्यूज
  • सोमबार, फाल्गुन १२ २०८१
खोटाङमा हेमन्त बने ‘पुलिस अफ द मन्थ’

खोटाङ, फागुन १२ । खोटाङमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राई उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय हलेसीमा इन्चार्जको रुपमा कार्यरत राईले बिभागीय मूल्य र मान्यतालाई उच्च बनाउने महत्वपूर्ण कार्यहरुमा सफलता प्राप्त गरेको भन्दै माघ महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टद्धारा हस्ताक्षेरित ‘उत्कृष्ट कार्य घोषणा’ पत्रमा इन्स्पेक्टर राईले नागरिकलाई शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख छ । विशेष गरी बाल यौनदुरुपयोग, सामाजिक सद्भावका लागि पहल, बृद्धबृद्धा, असाहाय व्यक्तिलाई सेवा, मध्यपहाडी लोकमार्गका बिभिन्न दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामूलक बोर्डसहित कार्यक्रमहरु संचालन गरेर नागरिकप्रति संगठनलाई नजिक बनाउने कार्य गरेको बताइएको छ ।

त्यस्तै सो क्षेत्रको बिभिन्न ठाउँमा अनाधिकृत रुपमा लगाइएको गाँजा खेती फँडानी, कार्यालयको अभिलेखीकरण, हिरासत कक्षमा पुस्तकालय र कर्मचारीका लागि खेलकुदको व्यवस्थापनलगायतका कार्यले राईलाई ‘पुलिस अफ द मन्थ’को सफलता मिलेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार