Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका ३२ बालबालिकाहरुलाई भित्तेपत्रिका लेखन तालिम

  • उपहार न्यूज
  • आइतबार, फाल्गुन ११ २०८१
उदयपुरका ३२ बालबालिकाहरुलाई भित्तेपत्रिका लेखन तालिम

शंकर रिखाम मगर-
उदयपुर, फागुन ११ ।
उदयपुरमा झण्डै तीन दर्जन बालबालिकालाई भित्तेपत्रिका लेखन तथा प्रकाशनसम्बन्धी तालिम दिइएको छ । बालबालिकाका प्रतिभालाई रचनात्मक ढंगले साहित्य र बाल पत्रिकामा रुची जगाउन जिल्लाको लिमचुङबुङ गाउपालिका वडा नम्बर ५ जाँतेमा भित्तेपत्रिका लेखन प्रकाशन तथा क्षमता विकास सम्वन्धी तालिम सम्पन्न भएको हो ।

भित्ते पत्रिकामा बालबालिकाको सृजनशील लेखनका लागि चाहिने आवश्यक आधारभूत ज्ञान र सीपको विकासमा आधारित तालिम लिमचुङबुङ ५ का ३ विद्यालय र रौतामाइ गाउपालिका वडा नम्बर ३ का ३ वटा गरी आधादर्जन विद्यालय ६ विद्यालयका २० बालिकासहित ३२ जनाले तीनदिने क्षमता विकास तथा भित्तेपत्रिका प्रकाशससम्बन्धी आधारभूत तालिममा सहभागिता जनाएका थिए ।

समाचारको संरचना, सञ्चारका किसिम, पत्रकार, पत्रकारिता, समाचार तथा समाचारको तत्व समाचारका प्रकार र समाचार बनोट, भित्तेपत्रिकामा गरिने सजावट लगायतका विषयमा जानकारी गरिएको थियो । भित्तेपत्रिका लेखन तालिमले विद्यालय जाने बालबालिकाहरूको लेखन क्षमतामा विकास गर्ने र बालबालिकाको भावना र रचनात्मकता व्यक्त गर्ने एउटा प्रभावकारी माध्यमको रुपमा स्थापित गराउन तालिमको आयोजना गरिएको जाल्पा एकिकृत विकास समाज उदयपुरको परियोजना संयोजक जंगबहादुर धिमालले जानकारी दिए ।

बालबालिका बिचको अन्तरसम्बन्ध बढाउने माध्यमको रूपमा विकास गर्दै भित्तेपत्रिका मार्फत बालबालिकाहरुले समाचारको रूपमा आफ्नो विद्यालयको गतिविधिहरू, बालबालिकाहरूको अधिकार तथा सवालहरू जस्तै बालविवाह न्यूनीकरण, बालमैत्री विद्यालय, बाल संरक्षण तथा बालविकास र बालबचाउ जस्ता विषयहरूलाई नियमित अंकको रूपमा लेखन प्रतिभालाई प्रोत्साहित बनाउन मद्धत पुग्ने बताइएको छ । तालिम सहजकर्ता शंकरबहादुर रिखाम मगरका अनुसार तालिम वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुरको प्राविधिक र आयोजनामा सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार