उदयपुर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले बालबालिकालाई भोजन कार्यक्रम आयोजना गरेको छ । त्रियुगा माविमा रहेको बौदिक अपाङ्गता स्रोत केन्द्र अध्ययतरत ३० जना बढी बालबालिकाहरुलाई सामूहिक भोजन गराइएको हो ।
गाईघाट शाखा प्रमुख दिपक राईका अनुसार कम्पनीको ३८ औँ वार्षिकोत्सवको अवसरमा भोजन गराइएको हो । कार्यक्रममा पत्रकार, कम्पनीका कर्मचारी, अभिकर्ता, स्रोत केन्द्रका शिक्षकलगायतको उपस्थिती रहेको थियो । त्यस्तै कार्यालयमा अभिकर्ता र कर्मचारीहरुले ३८औँ वर्षको केक काटेर शुभकामना आदानप्रदान समेत गरेका थिए । देशकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनलले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर सामाजिक परोपकारी कार्य गर्दै आएको छ ।


