Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरमा खाना तथा साँस्कृतिक महोत्सव “न्वाङी पर्व” मंसीर २५ मा मनाउने घोषणा

  • उपहार न्यूज
  • शुक्रबार, फाल्गुन ९ २०८१
उदयपुरमा खाना तथा साँस्कृतिक महोत्सव “न्वाङी पर्व” मंसीर २५ मा मनाउने घोषणा

उपहार न्यूज
उदयपुर फागुन १०
उदयपुरको त्रियुगा नगरपालिका ८ वैरेनीमा पहिलो दनुवारी खाना परिकार तथा साँस्कृतिक महोत्सव २०८१ शुक्रबारबाट सुरु भएको छ । दनुवार जातीहरुको परम्परागत खाना परिकारको विक्रि प्रदर्शनी तथा दनुवार जातीको भेषभुषाहरुको प्रदर्शनी गर्नका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सवको कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले दियोमा बत्ती बालेर गर्नु भएको थियो । दुई दिन सम्म संचालन हुने महोत्सवमा दनुवार जातीको भाषा, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरेको आयोजक दनुवार जागरण समिति उदयपुरका अध्यक्ष राजकुमार दनुवारले जानकारी दिनु भयो ।
महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुर, दनुवार महिला समाज सुधार संघ, दनुवार जागरण समिति, नेपाल दनुवार समाज उदयपुर, आदिम कला केन्द्र, बैरेनी टोल विकास संस्थाको संयुक्त आयोजना गरिएको कार्यक्रममा दनुवार जातिहरुको विभिन्न जातिय झाकी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
दुई दिन सम्म संचालन हुने कार्यक्रममा दनुवार जातिहरुको बिशेष गरी सांस्कृतिक नृत्य रामदलको प्रतियोगीतात्मक कार्यक्रम रहेको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले जानकारी दिनु भयो ।
रामदल प्रतिस्पर्धामा विजयीहरुलाई नगद सहित पुरस्कृत गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । यसै विच दनुवार समुदायले आफ्नो राष्ट्रिय चाडको रुपमा हरेक बर्ष मंसीर २५ लाई “न्वाङी पर्व” पर्व मनाउने आधिकारीक घोषणा गरेको छ । दनुवार समुदायको विशेष चाड “न्वाङी पर्व” कहिले मनाउने भन्ने बिषयमा टुंगो नहुदाँ पर्व मनाउन अन्यौल थियो अब आधिकारीक मिति घोषणा गरेर मंसीर २५ लाई “न्वाङी पर्व” पर्व मनाउने घोषणा गरिएको हो ।
दनुवार जागरण समिति उदयपुरका अध्यक्ष तथा त्रियुगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजकुमार दनुवारले घोेषणा पत्र वाचन गर्दै अब आधिकारिक रुपमा “न्वाङी पर्व” पर्व मंसीर २५ मा मनाउने निर्णय भएको समेत बताउनु भयो ।
“न्वाङी पर्व” पर्व घोषणा पत्र वाचन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिर्जना दनुवार सहित स्थानिय तहका प्रमुख प्रतिनिधिहरुलाई घोषणा पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, पाचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, नेकपा एमालेका उपसचिव गंगा राई, एकिकृत समाजवादीका अध्यक्ष विनोद खड्का, त्रियुगा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष अम्बर बहादुर दनुवार, वडा नम्बर ८ का अध्यक्ष राजकुमार राउत, गैसस महासंघका अध्यक्ष सिर्जना पौडेल, पत्रकार महासंघका उपाध्यक्ष विश्वराज तामाङ, आभार अभियानकर्मी नजवुल खान लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।


Last updated:2025 Feb 21 Friday 13:34:45

प्रतिक्रिया
सम्बन्धित समाचार