उपहार न्यूज
उदयपुर माघ १२
उदयपुरको त्रियुगा नगरपालिका ४ फार्सेटमा मगर संग्राहलय संचालनमा ल्याईएको छ, संग्राहलयको शनिवार एक समारोहका विच कोशी प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जा मगरले उद्घाटन गर्नु भयो । नेपाल मगर संघ उदयपुरले विगत बर्षहरुमा झै यस बर्ष आयोजना गरेको माघे सकराती मेला तथा हुर्रा महोत्सव २०८१ को अबसर पारेर फार्सेटमा मगर संग्राहलय उद्घाटन गरिएको हो । हुर्रा महोत्सव तथा संग्राहलय उद्घाटनको क्रममा रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगर, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, ताप्ली गाउँपालिका उपाध्यक्ष धनमाया मगर, मगर संघका केन्द्रिय उपाध्यक्ष सिता राना मगर, प्रदेश उपाध्यक्ष राजु मगर लगायत विशिष्ट व्यक्तिहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न सास्कृतिक प्रस्तुतीले कार्यक्रममा सहभागी करिब ५ हजार बढि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा चर्चित गायक श्याम रानामगर, गायक शिव थापामगर, गायीक पुजा केप्छाकी मगरले आफ्नो प्रस्तुती मार्फत दर्शक झुमाएका थिए । कार्यक्रममा सिन्धुली कला घरका प्रतिनिधिहरुले पञ्चे बाजा सहितको विभिन्न प्रस्तुती देखाएका थिए भने स्थानिय कलाकारहरुको विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले मगर जातीको विशेष सास्कृतिक पहिचानको हुर्रा नृत्यमा झुमेका थिए ।
नेपाल मगर संघ त्रियुगा नगर समितिको सह अयोाजनामा सम्पन्न कार्यक्रममा उदयपुरगढी गाउँपालिका ७ का वडाअध्यक्ष भुवन केप्छाकी मगर, रौतामाई गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष मनोज रानामगर, ८ का अध्यक्ष घमानसिंह थापामगर, मगर संघका केन्द्रिय सदस्य केशव मगर लगायतको उपस्तिथी रहेको थियो ।