उपहार न्यूज
उदयपुर पौष २७
उदयपुरमा पहिलो पटक आयोजना गरिएको सांगीतिक रियालिटि शो उदयपुर आईडलको उपाधि चौदण्डिगढी नगरपालिका उदयपुरकी सन्जना राईले प्राप्त गर्न सफल भएकी छिन् । उदयपुर कलाकार समाज उदयपुरले गत श्रावण महिना देखि सुरु गरेको आईडलमा दुई सय बढि प्रतिस्पर्धीलाई पछि पार्दै फाईनलमा पुग्न सफल राईले उदयपुर आईडलको उपाधि प्राप्त गर्न सफल भएकी हुन् । आईडलको उपाधि संगै सन्जनाले नगद ५० हजार र ट्रफि हात पारेकी छिन् । सन्जनाले आईडलको उपाधि संगै एउटा गीत समेत रेकर्डको अबसर प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष असोक शिवाले बताउनु भयो ।
त्यसैगरी आईडलको फस्ट रनरअप गाईघाटकी विपना शर्मा भईन उनले उपाधि संगै तीन हजार नगद प्राप्त गरीन त्यस्तै सेकेण्ड रनरअप कटारीकी मनु परियारले उपाधि जित्न सफल भईन । प्रतियोगीतामा फाईनलमा पुग्न सफल आकास चाम्लिङ राई, जीवन राई र जर्गमान विश्वकर्माले समेत फाईनलमा विभिन्न विधाको उपाधि प्राप्त गर्न सफल भएका छन् । आईडलका विजेताहरुलाई त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, सप्तक कला केन्द्रका अध्यक्ष सिमा मास्के, आईडलका निर्णायकहरु शसीचन्द्र राई, पुजा केप्छाकी मगर चर्चित गायीका सुनिता कार्की, गोर्खा ब्रअरीका प्रतिनिधि प्रकास खत्रीले पुरस्कृत गरेका गरेका थिए ।
रत्ना रिसोर्ट गाईघाटमा आयोजित कार्यक्रमा फाईनलमा पुग्न सफल प्रतिस्पर्धी संगै गायीका सुनिता कार्की, विनोद दनुवारले समेत सांगीतिक प्रस्तुती राख्नु भएको थियो । त्रियृुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संचालन किरण कार्कीले गर्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउनको लागि युवा समाजसेवी मधु थापा, रन्जना कार्की, निशान ताम्राकार, वेनिसा कार्की, कुमार अविरल लगायतले व्यवस्थापनमा रहेर सहयोग पु¥याएको आयोजक समितिका अध्यक्ष असोक शिवाले बताउनु भयो ।
