उपहार न्यूज
मुकुर्ची
उदयपुरको रौतामाई ७ मुकुर्चीमा आयोजित प्रथम रौतामाई महोत्सवको चौथो दिन गायक तथा संगीतकार नन्दु गुरुङको प्रस्तुतीले माहोल तताएका छन् । मुकुर्चीमा पहिलो पटक आयोजना गरिएको मिनि महोत्सवको अबसर पारेर आयोजित कार्यक्रममा पूर्वी नेपालका चर्चित गायक गुरुङले आफ्ना प्रस्तुती मार्फत स्रोता दर्शकहरुलाई उफार्न सम्म उफारेका थिए । नन्दुले आफ्नो छाती त ढुक ढुक कलेजो फ्यात फ्यात लगायत नेपथ्येका तालको पानी राजेशपायल राईको विभिन्न गीतहरु गरी डेढ दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।
गुरुङको प्रस्तुती हेर्न मेलामा सहभागी हजारौ दर्शकहरु आधा रात सम्म पनि कार्यक्रममा झुमेका थिए महोत्सवको चौथो दिदै टिकटक स्टार मुनामदनले पनि आफ्नो प्रस्तुती राखेको आयोजक समितिका अध्यक्ष हरि आले मगरले बताउनु भयो । १५ दिन सम्म संचालन हुने महोत्सवमा अझै धेरै राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजक समितिका सचिव टेकराज रिखाम मगरले जानकारी दनु भयो ।