Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

२४ गते नेपालकै होचो भूमि केचनाकवलबाट कांग्रेसको जनजागरण अभियान सुरु

  • उपहार न्यूज
  • सोमबार, पुष २२ २०८१
२४ गते नेपालकै होचो भूमि केचनाकवलबाट कांग्रेसको जनजागरण अभियान सुरु

उपहार न्यूज विराटनगर
नेपाली कांग्रेस कोशी कार्य समितिले यही पुष २४ गते नेपालकै सवैभन्दा होचो भूमी झापाको केचनाकवल देखी विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर सम्महको ७ महिने जनजागरण अभियान प्रारम्भ गर्ने भएको छ ।
वुद्यवार एक भव्य समारोहका विच कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अभियानको प्रारम्भ गर्दैछन । कोशी प्रदेश कार्य समितिले प्रदेशस्तरीय निर्णय गरे अनुसार जनजागरण अभियान पहिलो पटक प्रारम्भ हुन लागेको हो । कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले संगठन सुद्धिढिकरण , ऐतिहासिक तथा पुरातात्विक बस्तुको खोज , वातावरणिय प्रभावको अध्ययन तथा समृद्धिको आधारको खोजी जनजागरणको मुल उद्देश्य रहेको बताए ।
निरन्तर ७ महिना सम्म चल्ने यो अभियान असारको दोस्रो साता समाप्त हुने छ । कोशी प्रदेशका १४ वटै जिल्लामा कार्यक्रम आयोजना हुने छ । प्रत्येक जिल्लामा २ पटक जनजागरण अभियानको आवश्यकता , औचित्य र उपदेयताका बारेमा विभिन्न क्षेत्रसँग वृहत्त छलफल हुने छ । काग्रेस कोशी प्रदेशका प्रवक्ता यदू विष्ठले उदघाटनका दिन बामपन्थी आन्दोलनका क्रममा ०२८ सालमा काटिएका किसानका परिवारलाई सम्मान समेत गरिने बताए । भूटन चौधरी सहित शहीद परिवार तथा जनआन्दोलनका शहीद परिवारलाई सम्मान गरिने प्रवक्ता विष्ठले जानकारी दिए । उदघाटन कार्यक्रमको अवसर पारेर प्रदेश कार्य समितिको स्वास्थ्य विभागको संयोजनमा शिविर संचालन हुने र त्यसको लागि झापाको ओम शाही पाथिभरा अस्पतालको प्राविद्यिक सहयोग उपलब्ध गराउने छ । शिविरमा गाईनो , हाडजोर्नी , आँखा तथा बालबालिकाको निशूल्क जाँच हुने छ ।
कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सवै केन्द्रीय सदस्य , १४वटै जिल्ला सभापतिहरुको शुभारम्भ कार्यक्रममा सहभागिता रहने आयोजकको दावी छ । केन्द्रीय सदस्यहरुले शान्तीको प्रतिक परेवा र जिल्ला सभापतिहरुले सगरमाथाको प्रतिक सेतो बेलुन र तराईको प्रतिक निलो बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गर्ने छन । साथै नेपाल तरुण दल र नेविसंघको संयोजनामा रक्तदान कार्यक्रम र सन्थाल , राई तथा राजवंशी समूदायले आफ्नो संस्कृति झल्कने नाँच गान पर्दशन गर्दै संस्कृति झल्कने बाजा बजाएर कार्यक्रमको स्वागत गर्ने कार्यक्रम छ ।
यस्तै नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिको सोमवार बसेको पदाधिकारी वैठकले ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको पाथीभरा केवल कारको विरोधमा मेची बन्द कार्यक्रम आयोजना गरेकोले यथास्रिघ आन्दोलन पक्षसँग बार्ता गरेर समस्याको समाधान खोज्न आग्रह गरेको प्रवक्ता विष्ठले बताए ।

Last updated:2025 Jan 06 Monday 14:36:22

प्रतिक्रिया
सम्बन्धित समाचार