Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

सेनाको नेतृत्वमा उदयपुरगढी देखि चौदण्डीगढी सम्म ८५ किलोमिटर पदयात्रा सुरु (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • आइतबार, पुष २१ २०८१
सेनाको नेतृत्वमा उदयपुरगढी देखि चौदण्डीगढी सम्म ८५ किलोमिटर पदयात्रा सुरु  (फोटो फिचर सहित)

विश्वराज तामाङ
उदयपुर पौष २१
नेपालमा रहेका ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण र संबद्र्धनमा जुटेको नेपाली सेनाले उदयपुरमा रहेको दुई गढीलाई जोड्न आईतबारबाट पदयात्रा प्रारम्भ सुरु गरेको छ ।
एक समारोहका विच नेपाली सेनाको १८ नम्बर बाहिनीपती गौरब गुरुङले पदयात्राको सुरु भएको घोषणा गर्नु भएको हो ।
उदयपुरको बोक्सेस्थित पशुपति प्रसाद गणको पिपलटार व्यारेकको आयोजना उदयपुरगढीबाट पदयात्रा सुरु गरेको हो । पद यात्राको नेतृत्वकर्ताहरुलाई प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे र उदयपुरगढी गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकीले राष्ट्रिय झण्डा हस्ताणतरन गर्नु भएको थियो । पद यात्रामा सहभागी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र यात्रामा सहभागीहरुलाई बाहिनीपती गौरब गुरुङ, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, नेपाल प्रहरीका प्रहरी उपरिक्षक हरिहरनाथ योगी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगर, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापाले अविर तथा माला लगाएर यात्रा सफलताको शुभकामना दिनु भएको थियो ।
आईतबार देखि सुरु भएको पद यात्रा आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसर पारेर नेपाली सेनाले ऐतिहासिक चौदण्डिढी दरबार क्षेत्रमा पुगेर पदयात्रा समापन गर्ने छ ।
कार्यक्रममा बोल्नु हुदै नेपाली सेना १८ नम्बर बाहिनीपती गौरब गुरुङले स्थानिय तहहरु संगको समन्वय तथा सहकार्यमा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै भावी पुस्ताहरु माझ इतिहासको जानकारी गर्न र राष्ट्रिय एकतालाई थप मजवुत बनाउनको लागि यो कार्यक्रम आयोजना भएको बताउनु भयो ।
सेनाको पशुतपी प्रसाद गणका गणपती शिव प्रसाद वाग्लेले राष्ट्रिय एकताको भावना जागृत गर्ने ऐतिहासिक गढी, किल्ला र युद्ध स्थल तथा धरोहरहरुको संरक्षण तथा संबद्र्धन गर्ने कार्यको निरन्तरता तथा उदयपुरका गढीहरु र पर्या पर्यटनको विकासको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सेनाको पशुपती प्रसाद गण सहित त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिका समेतको संयुक्त आयोजनामा विभिन्न रचनात्मक कार्यहरु सहित पदयात्राको सुरुवात गरिएको गणपती वाग्लेले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले पूर्खाहरुको गौरवपूर्ण इतिहासको सम्मान तथा ऐतिहासिक गढी किल्लाहरुको संरक्षण गर्नु तीन तहको सरकारको दायित्व रहेकाले यस किसिमको कार्यक्रम गर्नु स्वागत योग्य रहेको बताउनु भयो ।
प्रजिअ घिमिरेले गढी किल्ला तथा पदमार्गहरुको ऐतिहासिक महत्व दर्शाउनको लागि यस किसिमको कार्यक्रमले टेवा पु¥याउने बताउनु भयो ।
कार्यक्रममा उदयपुरगढी गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले कुनै समय जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको उदयपुरगढी २०२८ सालमा सदरमुकाम गाईघाटमा सरे पछि ओझेलमा परे पनि यहाँको ऐतिहासिक धरोहरको संरक्षण र संबद्र्धनमा गाउँपालिकाको प्रयत्नलाई नेपाली सेनाको पु¥याएको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
नेपाली सेनाको अनुसार पदयात्राको माध्यमबाट जनचेतना जगाउने र उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।
‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्बसाधारणहरुको सहभागिता रहने छ । । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ ।’ पद यात्रा बारे जानकारी दिदै गणपति शिव वाग्लेले भन्नु भयो ‘पदयात्रा साथै विद्यालय स्तरमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको बारेमा हाजिरी जवाफ, वत्तृmत्वकला, निबन्ध लेखन र कविता वाचन प्रतियोगिता संचालन हुने छ ।’
इतिहास संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विषयबस्तुमा पालिकाहरुमा उदयपुरगढी गाउँपालिकाको पंचावती माध्यमिक विद्यालयमा अन्तर माध्यमिक तह स्तरीय हाजिरीजवाफ, रौतामाई गाउँपालिकाको रौता जनता मावि बोलुङखामा निवन्धलेखन प्रतियोगिता, त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका स्थित गाईघाटमा कक्षा ११ र १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता र चौदण्डीगढी नगरपालिकाले कविता वाचन प्रतियोगिता सञ्चालन गर्ने छन ।
पदयात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्दै जाने जानकारी दिइएको छ । यात्रापुरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ ।
कार्यक्रमको उद्घाटनमा सेनाको १८ नम्बर बाहिनीपती गौरब गुरुङ, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक हरिहरनाथ योगी, शसस्त्र प्रहरी नायव उपरिक्षक, उदयपुरगढी गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगर, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, उपाध्यक्ष जित बहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुपत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल सहित पत्रकारहरु, डिभिजन वन कार्यालय उदयपुरका प्रमुख संजिवराज ढकाल, उदयपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाई लेखा प्रमुख शेखर बसढाथोकी सहित कर्मचारी, वडाअध्यक्ष कुमार अधिकारी राम बहादुर घले, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष डेविट बस्नेत लगायत व्यवसायीहरुको समेत उपस्तिथी रहेको थियो ।
यात्राको पहिलो दिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रोदिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथो दिन रौता पोखरीमा बस्नेछ । त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा र छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौ दिन विरेन्द्रबजार हुदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ । यात्रा तालिका अनुसार दैनिक पाँच देखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने रहेको छ ।
समापन समारोहमा पालिकास्तरमा भएका विद्यालय स्तरीय प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, यात्रामा सहयोगी तथा सहभागिलाई सम्मान, मायाको चिनो वितरण लगायतका कार्यक्रम गरिने पशुपति प्रसाद गण बोक्सेले जनाएको छ ।






Last updated:2025 Jan 05 Sunday 11:17:07

प्रतिक्रिया
सम्बन्धित समाचार