Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साउनेमा वार्षिक खेलकुद सप्ताह सम्पन्न, रेड हाउसलाई उपाधि

  • उपहार न्यूज
  • सोमबार, पुष १५ २०८१
साउनेमा वार्षिक खेलकुद सप्ताह सम्पन्न, रेड हाउसलाई उपाधि

बिजय राई-
उदयपुर, पुस १५ ।
उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा वार्षिक सप्ताह खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मंगलबारदेखि स्थानीय श्री मावि साउनेको आयोजनामा संचालन भएको सप्ताहमा उपाधी भने रेड हाउसले हात पारेको छ ।

साउनेस्थित नयाँ बजार खेल मैदानमा भएको समापन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतको प्रमुख आतिथ्यतामा तीन दिने प्रतियोगिता सम्पन्न भएको हो । समापन कार्यक्रममा बिभिन्न १४ बिधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

जसअनुसार रेड हाउस प्रथम, ब्ल्यू हाउस दोस्रो र येलो हाउसले दोस्रो स्थानहासिल गरेको थियो । विजेता समूहमध्ये प्रथम र दोस्रोलाई क्रमश शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितालाई ४ भागमा भिभाजन गरिएको थियो । समूह अनुसार क्रमस ३०, ३८, ५० र ५६ अंकबाट बिजेता घोषित गरिएको थियो ।

यस्तै समापन कार्यक्रमको अन्तिम चरणमा बत्तृत्वकला प्रतियोगिता गराईएको थियो । जहा प्रथम प्रतीक्षा मगर दोस्रो गंगा राई तेस्रो प्रकृति राई र प्रसंसा राईले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन् । उनिहरुलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै त्रियुगाका मेयर बस्नेतले विद्ययालयमा खेलकुद प्रतियोगिता हुँदा विद्यार्थीहरुलाई उर्जा थप हुने बताए । विद्यार्थीहरु सामाजिकक, सांस्कृतिक र खेलकुद लगायतको गतिविधिहरुमा क्रियासिल हुनु पर्ने मेयर बस्नेतको भनाई थियो । समग्र विद्यार्थीहरुलाई क्षमतावान बनाउनको लागि उनीहरुको ज्ञानको विकास गर्न कक्षा ८ सम्मको नयाँ पुस्तकको अवधारणा ल्याउन लागिएको बताए ।

विद्यार्थी संख्याको आधारमा दरबन्दी तोकिएको हुनाले विद्यालयमा प्रयाप्त विद्यार्थी नहुँदा सरकारले माग अनुसारको शिक्षक संख्या उपलब्ध गराउन नसकेको बताए । उनले विद्यालयमा शिक्षक दरबन्दी लगायतका विषय सम्बोधन गर्न विद्यालयको स्तर उन्नती र विद्यार्थी संख्या बढाउन आम अभिभावकले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा त्रिनपा १४ का वडाध्यक्ष हिमराज मगरले सप्ताह खेलकुद कार्यक्रम उत्साहजनक भएको र प्रतियोगिताले खेलकुद र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुर्याएको बताए । आगामी बर्षहरुमा पनि शिक्षा र खेलकुदलाई जोड्न यस्ता कार्यक्रमलाई निरन्तरता दिन वडाको तर्फबाट आफूले पहल गर्ने बताए ।
त्यस्तै विद्यालयकी प्रधानाध्यापक जानुका ज्युठकुरीले बिषयगत शिक्षक दरबन्दीको अभावका कारण शैक्षिक गुणस्तरमा समस्या आएको बताइन् । उनले विद्यालयको आर्थिक स्रोत र शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा चुनौति खडा भएको भन्दै समाधानका लागि उपस्थित सरोकारवाला निकायलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार