उपहार न्यूज
उदयपुर कात्तिक १६
मधेशी समुदायले विशेष महत्वका साथ मनाउने छैट पर्व उदयपुरमा पनि धुमधामका साथ मनाईएको छ । अस्ताउदो सुर्यलाई अर्घ दिदै र उदाउदो सुर्यलाई अर्घ दिदै व्रत बसी मनाईने यो पर्व पछिल्लो समय उदयपुरमा पनि विशेष महत्व पाउन थालेको छ ।
विगतमा मधेशी समुदायले मात्र मनाउने यो पर्व पछिल्लो समय पहाडि समुदायले समेत हर्षोउल्लासका साथ मनाउन थालिएको हो । छैट पर्वको अबसरमा उदयपुरको त्रियुगा, तावा लगायतका विभिन्न नदि किनारहरुमा श्रद्धालु भक्तजनहरुले शनिवार साझ अस्ताउदो सुर्यलाई अर्घ दिएका थिए । आईतबार बिहानै उदाउदो सुर्यलाई अर्घ दिएर समापन गरिएको छैट पर्वको अबसरमा त्रियुगा छट पुजा समितिले विगत बर्ष झै यस बर्ष पनि विविध कार्यक्रम गरी पर्वलाई मनाएको हो ।
छट पर्व नेपाली मौलिक संस्कृतिको रुपमा विकास हुदै आएको र यसले सबैलाई एकताको शुत्रमा बाध्नका लागि विशेष महत्व राखेको त्रियुगा छट पुजा समितिले आयोजना गरेको कार्यक्रममा अतिथि बक्ताहरुले धारणा राखेका थिए । त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले छट पर्व सबै नेपालीको पर्वको रुपमा विकास हुनु आफैमा धार्मिक सहिष्णुता कायम गर्न मद्दत पुगेको बताएका थिए । कार्यक्रममा त्रियुगा नगरपालिका उप प्रमुख देवी कुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, नेकपा सचिव ईश्वरमणी राउत, नेपाली कांग्रेसका नेता बसन्तकुमार बस्नेत, समाजवादी पार्टीका अध्यक्ष ललित साह, त्रियुगा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले छट पर्वको शुभकामना दिएका थिए । कार्यक्रममा समाजसेवी किरण राई, परमेश्वर घिमिरे, सृजना दनुवार, महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, समाजसेवी सुमन्त कोइराला लगायतले छट पर्वले नेपालीहरु विचमा भावनात्मक एकतालाई अझ मजबुद बनाउदै लगेको बताएका थिए ।
कार्यक्रममा छट पुजा समितिले उदयपुर जिल्लाबाट विभिन्न स्थान हासिल गरेका कलाकारहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा आईएमी लोक स्टार सेकेण्ड रनरअप विनोद दनुवार, मिथुन ठाकुर गायक असोक सिवा, फिरोज बस्नेत, टम्पसेर राई कलाकार अप्सरा घिमिरे, रेखा राई, प्रदिप कुमार चौधरी लगायलाई सम्मान गरेको थियो । छट पुजा मुल आयोजक समितिका अध्यक्ष राहुल यादवको अध्यक्षतामा आयोजित कार्यक्रम राजकुमार शर्माले संचालन गरेका थिए ।
त्रियुगा एक्सप्रेस दैनिकबाट