Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको ताप्ली– ३ बालमैत्री वडा घोषित

  • उपहार न्यूज
  • बुधबार, पुष १० २०८१
उदयपुरको ताप्ली– ३ बालमैत्री वडा घोषित

उदयपुर । उदयपुरको ताप्ली गाउँपलिका वडा नम्बर ३ लाई बालमैत्री घोषणा गरिएको छ । सर्वपक्षीय अनुगमनको क्रममा नेपाल सरकारद्धारा जारी गरिएको आवश्यक ५१ वटा बिभिन्न सूचकहरु पूरा भएसँगै आईतबार एक कार्यक्रमबीच बालमैत्री घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासन समितिको अध्यक्ष समेत रहेका ताप्ली ३ का वडाध्यक्ष रंगमान तामाङका अनुसार कानुनी रुपमै व्यवस्थीत बालअधिकार सुनिश्चित गर्न औपचारिक रुपमै बालमैत्री घोषण गरिएको हो । बालमैत्री घोषणा हुने यो ताप्लीको दोस्रो वडा हो । यसअघि रुपाटाँरस्थित ५ नम्बर वडा यसअघि नै घोषित भइसकेको छ । पछिल्लो चरण गरी जिल्लामा बालमैत्री घोषणा भएका वडाहरुको संख्या ८ पुगेको छ ।

वडालाई बालमैत्री घोषणाका लागि पूर्वाधार र मापन सूचाङ्क पूरा गराउन जाल्पा एकीकृत विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल र हुरेण्डेक लगायतका संस्थाले सुरुवाती चरणदेखिनै बिभिन्न कार्यक्रम संचालन गरेका थिए । ३ नम्बर वडा कार्यालय नजिकै विद्यालय खेलमैदानमा आयोजित कार्यक्रममा सो विद्यार्थी, शिक्षक, अभिभावक, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्था र टोल विकास समिति, सुरक्षाकर्मी र पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ताप्ली गाउँपालिकाका प्रमुख ढुंगराज विकले बालमैत्री वडा घोषणापछिको दीर्घकालिन प्रभाकारिताबारे आफू सचेत रहेको बताएका छन् । उनले नीति तथा बजेट बिनियोजनलगायतको क्षेत्रमा पालिका सधै तयार रहेको समेत प्रतिबद्धता जनाएका थिए । त्यस्तै उपप्रमुख धनमाया मगरले पनि बालअधिकार र हकहित सुनिश्चितताका लागि पालिका सधै तयार रहेको बताइन् । त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तकुमार राईले पनि घोषणा कार्यक्रमको दीगो प्रभावकारिताबारे आवश्यक बजेटलगायतको तर्जुमा महत्वपूर्ण हुने बताएका थिए ।

त्यस्तै कार्यक्रममा ताप्ली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष उद्धव हमाल, २ नम्बरका वडाध्यक्ष छत्रनारायण श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष उमेश मगर, लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कविचन्द्र राई र वडाध्यक्ष पृथ्वीबहादुर राईलगायतको उपस्थिती रहेको थियो । त्यस्तै नेपाली कांग्रेस ताप्ली अध्यक्ष दीपकुमार रास्कोटी, एमालेका तोपबहादुर ज्यूठकुरी, माओवादीका गाउँपार्टी इन्चार्ज प्रेमबहादुर राई, रास्वपा पालिका प्रमुख समिर खड्कालगायतको पनि उपस्थिती रहेको थियो ।

यता जाल्पा एकीकृत विकास समाज उदयपुरका संस्थापक अध्यक्ष मदनराज कटुवाल, मानवअधिकार र वातावरण विकास केन्द्र ९हुरेण्डेक० उदयपुरका अध्यक्ष शंकरबहादुर थापालगायतले पनि मन्तव्य राख्ने क्रममा बालमैत्री वडा घोषणा पछिका दीर्घकालिन रुपमा निरन्तरताको सवालमा जोड दिएका थिए ।
बालविकास, बाल सहभागिता, बाल संरक्षण, बाल बचाऊ र संस्थागत विकास गरी ५ बिधामा बिभाजन गरी मूल्यांकन गरिएको थियो । जसअन्तर्गत उदयपुरमा ताप्ली ३ नम्बर वडासँगै बालमैत्री घोषणा हुने वडाको संख्या ८ पुगेको छ । यसअघि त्रियुगा नगरपालिका– १५, रौतामाई गाउँपालिका– २, ८, ६ र ४ उदयपुरगढी गाउँपालिकाको १ र ताप्ली ५ नम्बर वडा घोषित भइसकेका छन् ।

Last updated:2024 Dec 25 Wednesday 11:39:24

प्रतिक्रिया
सम्बन्धित समाचार